×

NMB BANK
NIC ASIA

दुर्गम बस्ती जोड्ने १० नयाँ झोलुङ्गे पुल

असार २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दी, २४ असार-  म्याग्दी जिल्लाको अति दुर्गम क्षेत्रमा धमाधम झोलुुङ्गे पुल निर्माण भएको छ । 

नजिकैको बस्तीमा पुग्नसमेत अक्करे भिर, साँघुरो बाटो र खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका स्थानीय बासिन्दाले झोलुङ्गे पुल बनेसँगै सहज आवतजावत गर्न पाएका छन् । स्थानीय निकाय, झोलुङ्गे पुल सहयोग एकाइ (टिबीएसयु)को आर्थिक सहयोग तथा गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोगमा चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा सम्पन्न भएका १० वटा पुलले घण्टौँ लाग्ने बाटो आधा घण्टामै छोट्याइदिएका छन् । 

जिल्लाको अति विकट धौलागिरि गाउँपालिका–४, जेल्तुङस्थित म्याग्दी खोलामाथि निर्माण भएको झोलुुङ्गे पुलले अक्केर भिर र खोलाबाट वारपार गर्ने सिम्कोश र बगर गाउँका बासिन्दाले तुइन र हिँउदको समयमा साँघु तर्नुपर्ने समस्याबाट मुक्ति पाएको गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बताउनुभयो । 

“गाउँपालिकाको लगानीमा जिल्लामै पहिलो झोलुुङ्गे पुल बनेको छ । पुल बनेपछि स्थानीय बासिन्दाले खुसियाली मनाएका छन्”, पुनले भन्नुभयो । विसं २०७४ साउनमा म्याग्दी नदीमा आएको बाढीले काठको झोलुङ्गे पुल बगाएपछि सिस्कोशमा खाद्य साम्रगीको समेत अभाव हुने गरेको थियो ।

Muktinath Bank

मुदीको जेल्तुङ, सिम्कोश र बगर गाउँ जिल्लाकै विकट बस्तीका रुपमा चिनिन्छन् । सो पुल रु ४४ लाख ७६ हजार १८८ को लागतमा निर्माण भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । 

पुलको उद्घाटनका लागि पुगेकी गाउँपालिका अध्यक्ष पुनलाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका थिए । जिल्लाको मालिका गाउँपालिका वडा नं २ र ३ जोड्ने टाक्सेखोला भोलुङ्गे पुलमा स्थानीय बासिन्दालेसमेत कठोर जनश्रमदान गरेका थिए । करीब ६४ मिटर लम्बाइ रहेको पुलले दुईवटा वडाका बासिन्दालाई राहत भएको छ । पुलको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गर्नुहुँदै दुर्गम बस्तीमा रहेका पुराना र जीर्ण पुललाई विस्थापित गरिने बताउनुभयो । 

पुलको निर्माण सम्पन्न भएपछि दुवै वडाका करीब ४०० घरधुरी लाभान्वित भएका छन् । करीब रु ३२ लाख ९६ हजारमा सम्पन्न भएको पुलमा स्थानीयवासीले जनश्रमदान गरेका थिए । 

त्यसैगरी झोलुुङ्गे पुल कार्यक्रमअन्तर्गत गाउँपालिकाको रुमको टाक्से, ओखरबोटको नुन्थला, देविस्थानको दोबिल्ला र दाङखोला झोलुुङ्गे पुल निर्माण सम्पन्न भएको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो । 

उहाँका अनुसार गाउँपालिकाभित्र सम्पन्न भएको रुमको टाक्से रु ३२ लाख ९६ हजार , ओखरबोटको नुन्थला रु २५ लाख ८३ हजार , देविस्थानको दोबिल्ला रु ३२ लाख ३३ हजार र दाङखोला झोलुुङ्गे पुल रु ३१ लख ३३ हजार लागतमा सम्पन्न भएको हो । 

कूल रु एक करोड २२ लाख ७८ हजार लागतमा सम्पन्न भएका पुलको धमाधम उद्घाटन भइरहेको मिलन म्याग्दीकी कार्यकारी अधिकृत दिवा पुनले बताउनुभयो । मालिका र धौलागिरिमा स्थानीय तहले पुलमा बजेट विनियोजन गरेपछि सहज भएको उहाँको भनाइ छ । 

पुनका अनुसार मिलन म्याग्दीले चालु आवमा जिल्लाको धौलागिरि गाउँपालिको मुदीको जेल्टुङ, मुदी र मराङ जोड्ने छरीखोलामा ट्रस पुल, लुलाङको धानमाने खोला, मंगला गापा–५ अर्मनको आरुखोला, अन्नपूर्ण गापाको हिस्तान र राम्चेमा ट्रस पुल, रघुगंगा गापा–६ घयासीखर्कमा गरी चालु आवामा कूल रु दुई करोड ४० लाखको लागतमा सम्पन्न भएको पुलले पुराना, जीर्ण र तुइन विस्थापित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माण सम्पन्न गरिएपछि झोलुङ्गे पुलको भार परीक्षण गर्दा शतप्रतिशत सफल हुने गरेको मिलन म्याग्दीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x