×

NMB BANK
NIC ASIA

प्रहरीका आँखै अगाडी चोरिन्छन् मोटरसाइकल, हराएका मोटरसाइकल जान्छन् कहाँ?

असार २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, २४ असार–विराटनगर महानगरपालिकामा मोटरसाइकल चोरीको घटनामा वृद्धि भएको छ । दिनहुँ हुने मोटरसाइकल चोरीको घटनाले सर्वसाधारण हैरान भएका छन् ।

Muktinath Bank

चालु आर्थिक वर्ष समापनको ७ दिन अघिसम्म विराटनगर महानगरपालिकाबाट मात्र १ सय १८ वटा मोटरसाइकल चोरी भएका छन् । आर्थिक वर्ष २०७३÷७४ मा विराटनगर महानगरपालिकाबाट १ सय १५ वटा मोटरसाइकल चोरी भएकोमा यसवर्ष असार १५ गतेसम्म १ सय १८ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्यांकले देखाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटनगरको मालपोत कार्यालय, काली मन्दिर रोड, गुद्री बजार र नोबेल अस्पताललगायतका स्थानबाट बढी मोटरसाइकल चोरी हुने गरेका छन् । यो क्षेत्रबाट प्रायः दिनहुँ सर्वसाधारणको मोटरसाइकल चोरी हुने गरेको छ । 


Advertisment
Nabil box
Kumari

सर्वसाधारणको दैनिकीसँग जोडिएको मोटरसाइकल पार्किङ गरिएकै ठाउँबाट क्षणभर मै चोरले गायब गरिदिँदा सर्वसाधारण आर्थिक र मानसिकरुपमा समस्यामा पर्दै आइएका छन् । एकै छिन अघि राखेको मोटरसाइक एकैछिनमा गायव हुँने घटना विराटनगरको लागि गम्भीर बिषय बन्न थालेको छ । तर यसलाई प्रहरीले सामान्य रुपमा लिँदै आएकोछ ।
विराटनगर–२ का मनोज कर्ण र विराटनगर–४ का कौसल निरौलाको मोटरसाइकल चोरी भएको लामो समय भइसकेको छ । तर अहिलेसम्म फेला परेको छैन । 

Vianet communication
Laxmi Bank

पछिल्ला केही दिनका मोटरसाइकल चोरीका घटनालाई हेर्ने हो भने अधिकांश चोरी जिल्ला अदालत मोरङ, नापी र मालपोत कार्यालयको अगाडीको  पार्किङ स्थलबाट हुने गरेको मोटरसाइकल धनीहरु बताउँछन् ।
यहीँबाट हरेक दिन २–४ जनाको हेल्मेट हराएँदै आएकोमा पछिल्लो समय आफूले पार्किङ गरि राखेको मोटरसाइकलसमेत चोरी भएको अन्नपुर्ण पोस्टका पत्रकार किशोर बुढाथोकीले बताए । उनको मोटरसाइकल सुनकाण्डका आरोपीलाई अदालतमा हाजिर गराउन ल्याउने क्रममा  रिपोर्टिङको लागि  गएका बेला चोरी भएको थियो ।

तर यहाँ प्रहरी नभएका पनि हैनन्, तर प्रहरीले यसरी मोटरसाइकल हराउँदा पनि चासै नदिने गरेको मोटरसाइकल हराएकाहरु बताउँछन्  । अर्का पत्रकार अर्जुन आचार्यको मोटरसाइकल हराएको पनि महिनौ बितिसकेको छ । तर अहिलेसम्म मोटरसाइकल भेटिएको छैन । 

चालु आर्थिक वर्षको असार १५ गतेसम्म विराटनगर महानगरपालिकासहित मोरङको विभिन्न क्षेत्रबाट १ सय ३८ वटा मोटरसाइकलहरु चोरी भएका छन् । जसअन्र्तगत सिजुवाबाट दुई, उर्लाबारीबाट तीन र बेलबारीबाट १५ वटा मोटरसाइकल चोरी भएका छन् । 

विराटनगर महानगरपालिकासमेत गरी गएको आर्थिक वर्षमा मोरङबाट मात्र १ सय २२ वटा मोटरसाइकलहरू चोरी भएका थिए । दिन बिराएर मोटरसाइकल चोरीका घटना हुने गरे पनि चोरी भएपछि न्यून संख्यामा मात्र मोटरसाइकल फेला पर्ने  गरेको छ ।  

चोरी भएको सामान बरामद भएपछि मात्र मुद्दा चल्ने कानुनी प्रावधानका कारण मोटरसाइकल चोरीको घटनामा थोरै संख्यामा मात्र मुद्दा चल्ने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । 

मुद्दा चलाउन पनि आलटाल
चालु आर्थिक बर्षको अन्त्यसम्ममा विराटनगर महानगरपालिकामा जम्मा १२ वटा र मोरङका अन्य ठाउँसमेत गरी मोटरसाइकल चोरीको जम्मा २० वटा मुद्दा प्रहरीले चलाएको छ । ती मुद्दामा ४० जनालाई प्रतिवादी बनाइएकोमा ३२ जनालाई पक्राउ गरिएको मोरङका प्रहरी नायव उपरीक्षक निशान थापाले जानकारी दिए । 

८ जना फरार रहेको तथ्यांक प्रहरीसँग छ । मोटरसाइकल चोरीलाई न्यूनीकरण गर्न प्रहरीले विशेष सर्तकता अपनाउँदै आएको थापाको भनाइ छ ।

चोरी गरी लगेको मोटरसाइकलको नम्बर प्लेट, इन्जीन र रंगसमेत हेरफेर गरिदिने हुनाले बरामद भएका कयौं मोटरसाइकल सवारी धनी स्वयंले पनि नचिन्ने अवस्थाका हुन्छन् । दिनानुदिन मोटरसाइकल चोरीको घटना बढ्दै जानु चिन्ताको बिषय हो । 

बढी पार्किङ र सर्वसाधारणको आउजाउ हुने स्थानहरुमा सिसि क्यामराबाट निगरानी गर्न सकिए यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न सकिन्छ । तर त्यस तर्फ कसैको पनि ध्यान गएको पाईँदैन । 

हराएका मोटरसाइकल कहाँ जान्छन् ?
विराटनगरबाट नेपाल भारत सीमा क्षेत्र जोगवनीको दुरी करिब ५ किलोमिटर छ । यो दुरीमा भनेको मोटरसाईकलमा पुग्न जम्मा ५ देखि ७ मिनेट लाग्छ  । 

विराटनगरको मुख्य सडकहरूमा पार्किङ गरिने मोटरसाइकल चोरीपछि भारतीय बजारमा पुग्ने गरेको प्रहरीको अनुमान छ । डिएसपी थापाका अनुसार, कतिपय चोरीका मोटरसाइकल नेपाली बजारमा नै डेन्टिङ–पेन्टिङ गरेर चलाउने गरेको पनि पाइएको छ भने अधिकांश हराएका मोटरसाइकल नभेटिनुको कारण भारतीय बजारमा लगिने र फेरी बिक्री हुने गरेको हुनसक्छ, प्रहरीको अनुमान छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x