मोदीको बजेट झण्डै साढे ३६ करोड

असार २४, २०७५

पर्वत, २४ असार - पर्वतको मोदी गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले आगामी आर्थिक वर्ष ०७५÷०७६ का लागि रु ३६ करोड ३५ लाख ५० हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

गत आवमाभन्दा झण्डै रु एक करोड कमको बजेट सार्वजनिक गरेको हो । जसमध्ये चालुतर्फ रु तीन करोड ७४ लाख बजेट विनियोजन गरिएको छ भने पूँजीगततर्फ रु ११ करोड २२ लाख २५ हजार विनियोजन गरिएको छ ।


असार २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस