ग्लोबल आइएमई बैंकको एकैसाथ ७ शाखा

असार २४, २०७५

काठमाडौं, २४ असार- ग्लोबल आइएमई बैंकले असार तेस्रो साता थप ७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएका ७ शाखारहित बैंकिङ्ग सेवा संगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ९९ पुगेको छ । 


ग्लोबल आइएमई बैंकले मिति २०७५ आषाढ १८ गते सोमबार बाग्लुङ्ग जिल्लाको ढोरपाटन नगरपालिका – ८ बोबाङ्गमा ९३ औँ, मिति २०७५ आषाढ १९ गते मगंलबार गुल्मी जिल्लाको मुसीकोट नगरपालिका – ९ पाडथोकमा ९४औँ र सोही दिन गुल्मी जिल्लाकै मुसीकोट नगरपालिका – ३, ठुलापोखरामा ९५औँ, यसैगरि मिति २०७५ आषाढ २० गते बुधबार अर्घाखाँची जिल्लाको माला रानी गाउँपालिका – २, डाँडाकटेरीमा ९६औँ, मिति २०७५ आषाढ २० गते बुधबार गुल्मी जिल्लाको धुरकोट गाउँपालिका – ५, बास्तुमा ९७औँ सेवा सुरु गरेको छ । साथै मिति २०७५ आषाढ २२ गते शुक्रबार नवलपरासी जिल्लाको रामग्राम नगरपालिका – १७, पट्खौलीमा ९८औँ र शुक्रबार नै गोरखा जिल्लाको  गण्डकी गाउँपालिका – १, मकैसिङ्गमा ९९औँ शाखारहित बैकिङ्ग  सेवा सुरु गरेको हो ।



बाग्लुङ्गको बोबाङ्गमा श्याम घर्ति मगर, गुल्मीको पाडथोकमा द्रोण प्रसाद सापकोटा र ठुलापोखरामा बसन्त अधिकारी, अर्घाखाँचीको डाँडाकटेरीमा कृष्ण कुँवर क्षेत्री, गुल्मीकै बास्तुमा लुमकान्त पाण्डे, नवलपरासीको पट्खौलीमा सिमा कुमारी चौधरी र गोरखाको  मकैसिङ्गमा राजन श्रेष्ठलाई शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

असार २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस