धर्मशास्त्र भन्छ–माउसुली देख्नुभयो भने यसो गर्नुस् हुने छ फाइदा

असार २४, २०७५

घरमा माउसुली देखिनु एक सामान्य घटना हो ।

सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ । 


शास्त्रमा प्रचलित शकुन शास्त्रको अनुसार माउसुलीलाई कुनै विशेष समयमा देख्नु, जमीनमा या शरीरमा खस्नु भविष्यका लागि शुभ–अशुभ घटनाको संकेतसँग जोडिएको हुन् । 

शास्त्रका अनुसार माउसुलीलाई तिहारको वेलामा देखियो भने यसलाई लक्ष्मीको प्रतिक मानिन्छ । जसको अर्थ आगामी वर्षमा घरमा धनसम्पत्तिमा बृद्धि हुनु हो । 

यदी घरको भित्तामा माउसुली देख्नु भयो भने तत्काल मन्दिर या भगवानको मूर्ति नजिक राखिएको अक्षता ल्यार माउसुलीलाई छर्किदिनुस् ।  छर्कदै आफ्नो मनोकामना भन्नुस् यसो गर्नाले तपाईले इच्छाएको बस्तु वा मनोकामना पुरा हुने छ ।

माउसुलीको पूजा अर्चना गर्नाले धन समबन्धी समस्याको हल हुने धार्मिक मान्यता छ । 
 

असार २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस