×

NMB BANK
NIC ASIA

मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीको अनशन तोडियो, १७ बुँदै सम्झौतामा हस्ताक्षर

असार २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, २४ असार– विगत पाँच दिनदेखि आमरण अनशनमा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुको आज (आइतवार) अनशन तोडाइएको छ । विश्वविद्यालयकाे वार्ता टोलीले अनशनरत तीनजना विद्यार्थीहरु (रोसन बस्नेत, मिलन विसी  र रतन कुमार शर्मा) लाई जुस खुवाएर अनशन तोडाएकाे हाे ।

Muktinath Bank

विद्यार्थी र विश्वविद्यालयको वार्ता टोलीबीच झण्डै १० घण्टाको वार्ता पश्चात सहमति गर्न सकिएको विश्वविद्यालयका तर्फबाट वार्ताटोली सदस्य रहेका गणेश कार्कीले लोकान्तरलाई बताए । उनका अनुसार विद्यार्थी र प्रशासन बीच १७ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहमतिमा इन्जिनियरिंङसंकाय अन्तर्गतको बीर्इ हाइड्रोपावरको पूर्ण पाठ्यक्रम तयार गरी चालू चौथो सेमेस्टरको सत्रान्तसम्म आवश्यक प्रक्रिया पूरा गरी वितरण गर्ने, संकायमा उपलब्ध साधनहरुको पूर्ण रुपमा प्रयोग गरी प्रयोगात्मक ल्यावहरुको तीन महिना भित्र व्यवस्थापन गर्ने सहमति भएको छ ।


Advertisment
Nabil box
Kumari

यस्तै, हाल केन्द्रीय विश्वविद्यालयमा रहेको केन्द्रीय पुस्तकालयको इन्जिनियरिङ्ग संकायमा के कति पुस्तकहरु छन्, त्यसको रेकर्ड निकाल्दै आवश्यक पाठ्यपुस्तकको व्यवस्था गर्ने र संकायमा अध्ययनरत विद्यार्थीहरुलाई एकपटकमा बढीमा नौ वटा पुस्तकहरु दिने, संकायमा नियमित पठन पाठन गराईने, दलित, पिछडिएका, महिला, जनजाति आदि जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न संकायका डीनको संयोजकत्वमा रहने गरी क्याम्पस प्रमुख र उपकुलपतिबाट तोकेको एक व्यक्ति सदस्य रहने र त्यसले सम्भाव्यता अध्ययन गर्ने, नियमित पठन पाठन गराउन शैक्षिक प्रयोजनकालागि छुट्टै एक भवन अविलम्व भाडामा लिएर सञ्चालन गर्ने सहमति भएको छ ।

Vianet communication
Laxmi Bank

त्यस्तै, वार्ता टोलीबीच इन्जिनियरिङ संकाय अन्तर्गतका कार्यक्रमहरुलाई मुसुम प्रणालीमा संचालन गर्न संकायका डीन गोविन्द प्रसाद लामीछानेको संयोजकत्वमा सम्भाव्यता अध्ययन कार्यदल गठन गर्ने साथै निकाय शैक्षिक, प्राज्ञिक, अार्थिक, प्रशासनिक, पूर्वाधार र जनशक्ति व्यवस्थापनका दृष्टिले आत्मनिर्भर भएमा क्रमशः विकेन्द्रीकरण गर्दै लैजाने, संकायका थप ४८ जना विद्यार्थीहरुका लागि आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी १० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने कार्यकारी परिषदमा सिफारिस गर्ने, अनसनमा बसेका विद्यार्थीहरुलाई अनसन तोड्न र संघर्षरत पक्षले समग्र निकायमा लगाएको ताला खोल्ने, संकायमा अध्ययनरत विद्यार्थीहरु र विश्वविद्यालयका पदाधिकारीहरुसँग शैक्षिक, प्राज्ञिक र प्रशासनिक उन्नयन र विकासको लागि नियमित छलफल र सम्पर्कमा रहि विश्वविद्यालयको वृहत्तर हितमा केन्द्रीत हुने, संकायले सञ्चालन गर्ने गोल्डेन चान्स परीक्षाको बारेमा अध्ययन गर्न डीन गोविन्द प्रसाद लामीछानेलाई जिम्मेवारी दिने, संकायका विद्यार्थीहरुले गरेका संघर्षका कार्यक्रमका विषयमा छलफल र वार्तामार्फत सहमति खोजी अनशन लगायतका कार्यक्रम फिर्ता लिन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने सहमति भएको छ । साथै तोकिएको समयमा सहमति भएका बुँदाहरु कार्यान्वयन नभए त्यसको जिम्मेवारी विश्वविद्यालयले लिने पनि सहमतिमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x