×

NMB BANK
NIC ASIA

६२ लाख १२ हजार रकम भ्रष्टाचार गरेको अभियोगमा दुई कर्मचारीविरुद्ध मुद्दा

असार २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २४ असार - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाजिक सुरक्षा भत्तालगायतको रु ६२ लाख १२ हजार रकम भ्रष्टाचार गरेको अभियोगमा हुम्लाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

Muktinath Bank

आयोगकाअनुसार हुम्लाको साविक कालिका, मैला र मदना गाविस हाल ताजाकोट गाउँपालिका–५ मा कार्यरत वडासचिव गोपालचन्द्र लामाले आर्थिक वर्ष २०७३÷७४ को सामाजिक सुरक्षा भत्ता र पूँजीगत रकम हिनामिना गरी २०७४ असोज महिनादेखि हालसम्म बिना सूचना कार्यालयमा अनुपस्थित रहेको पाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगकाअनुसार सचिवद्वय गोपालचन्द्र लामा र रामप्रसाद देवकोटाले जिल्ला समन्वय समितिबाट आव २०७३÷७४ को लागि निकासा भएको पूँजीगत अनुदान, सामाजिक सुरक्षा भत्ता र सञ्चालन अनुदानसमेतको रकम सम्बन्धित कार्यालयका बैंक खाताबाट निकाली आफ्नो व्यक्तिगत खातामा राखेर दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ । 


Advertisment
Nabil box
Kumari

सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने लाभग्राहीलाई भत्ता नदिएको, बढी निकासा भएको रकम राज्यकोषमा फिर्ता नगरेको, योजनाको रकम भुक्तानी नगरी खर्च लेखेको तथा लेखापरीक्षणसमेत नगराएको पाइएको छ । सचिव लामाले आव २०७३÷७४ को साविक कालिका, मैला र मदना गाविसको सामाजिक सुरक्षा भत्तातर्फ रू ३९ लाख १३ हजार, साविक मैला गाविसको पूँजीगत खर्चतर्फ रू २२ लाख ८१ हजार ४७ र साविक कालिका र मदना गाविसको चालू खर्चतर्फ रू १८ हजार भ्रष्टाचार गरेको पाइएको छ । 

Vianet communication
Laxmi Bank

यस्तै सचिव देवकोटाले सामाजिक सुरक्षातर्फ रू २२ लाख ६५ हजार, सञ्चालन अनुदानतर्फ रू छ लाख ५६ हजार र पूँजीगत खर्चतर्फ रू तीन लाख ९९ हजार गरी जम्मा रू ३३ लाख २२ हजार भ्रष्टाचार गरेको पाइएकाले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ । 

यस्तै दोलखा, कालिन्चोक गाउँपालिका–९ का वडा कार्यालयका सवइन्जिनियर रामनरेश यादवविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । भूकम्पपीडितले प्राप्त गर्नुपर्ने दोस्रो किस्ताबापतको रकमको सिफारिश गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग यादवले रु नौ हजार घुस माग्दामाग्दै आयोगको टोलीले केही दिन अघि पक्राउ गरेको थियो । 

आयोगले जिल्ला प्राविधिक कार्यालय गौरका इन्जिनियर अजयकुमार ठाकुरलाई यही असार २२ गते रु ४५ हजार घुससहित पक्राउ गरेको छ । एक विद्यालयको पर्खाल र बाटो निर्माणको काम सम्पन्न भएपश्चात अन्तिम भुक्तानीको लागि बिल कागजात तयार पार्ने क्रममा इन्जिनियर ठाकुरले सेवाग्राहीसँग घुस मागेको आयोगले जनाएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x