आलिया भट्ट र रणवीर कपूरको क्युट भिडियो सार्वजनिक

असार २५, २०७५

काठमाडौं – रणवीर कपूर र आलिया भट्टको प्रेमको चर्चा बलिउडमा खुबै चल्ने गरेको छ । 

हालै रणवीर आलिया र उनका पिता महेश भट्टलाई भेट्नका लागि उनीहरूको घर जाँदा दुवैजनाको एउटा भिडियो सार्वजनिक भएको छ र त्यो भाइरल भइरहेको छ । 

भिडियोमा आलिया मोबाइल फोन लिइरहेकी देखिन्छिन् अनि रणवीरको पाइन्टको खल्तीमा हाल्ने कोशिश गर्छिन् । यो भिडियो अलि पुरानो भएपनि क्युट छ र प्रशंसकहरूले त्यसमा कमेन्ट गरिरहेका छन् । 

आलिया र रणवीरले केही समयअघि मात्र आफ्नो अफेयरलाई सार्वजनिक रूपमा कबुलेका थिए । उनीहरू सँगसँगै धेरै ठाउँमा घुमिरहेका भेटिन्छन् । उनीहरू एकअर्काका लागि क्रेजी देखिन्छन् । 

रणवीर र आलिया ब्रह्मास्त्र फिल्ममा सँगै देखिनेछन् । हालै रणवीरको सञ्जू नामक फिल्म आएको छ र अभिनयको खुबै प्रशंसा भइरहेको छ । आलियाले पनि रणवीरको फिल्मको बेस्सरी तारिफ गरेकी छन् ।

एजेन्सी
 


ADVERTISEMENT

असार २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस