×

NMB BANK
NIC ASIA

प्रेम के हो ? पढ्नुहोस् राजेश हमालको धारणा

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं, ३ फागुन – प्रेम मेरो लागि एउटा भावना हो । अनुभूति हो । यदि तपार्इंले आफ्नो हृदयमा कसैको लागि केही महसूस गर्नुहुन्छ भने त्यो नै प्रेम हो । जब मैले मधुलाई पहिलोपटक देखें र उसको निःस्वार्थ प्रेम देखें, त्यतिखेर मैले प्रेमको अनुभूति पाएँ ।

मेरो पहिलो प्रेम भने म चौध वर्षको हुँदा गरेको थिएँ । उनको नाम मरिना थियो । उनी पोल्याण्डबाट आएकी थिइन् । उनी आफैले नै मसँग परिचय गरिन् । आफ्नो नाम भनिन् ।

त्यसपछि हामी लगभग एक महिना सँगै रह्यौं । हाम्रो भेटघाट हुन थाल्यो । तर त्यो सम्बन्ध धेरै दिगो रहेन । एक महिनाको सम्बन्ध मात्र कायम भयो ।

मेरो पहिलो डेट पनि उनी नै थिइन् । हामी एक महिनासम्म थुप्रै ठाउँमा गएर कुरा गरेका थियौं । समुद्रको किनारमा कुरा गर्न जान्थ्यौं । हिँड्थ्यौं । बेन्चमा बस्थ्यौं ।

एक दिन डान्स कार्यक्रममा जाँदा उनले मेरो शर्ट लगाइन् । त्यतिबेला मलाई असाध्यै गर्व महसूस भएको थियो ।
मेरो दोस्रो प्रेम शायद म चण्डीगढमा पढ्दाखेरी एकजना युवतीसँग नजिकिएको थिएँ । उनी उमेरमा मभन्दा जेठी थिइन् । मैले भर्खर क्याम्पस शुरु गरेको थिएँ । उनी मास्टर्स पढ्दै थिइन् ।

मलाई लागेको थियो – पक्कै म प्रेममा परेको थिएँ किनकि त्यसबेला म उनलाई भेट्नका लागि जतिबेला पनि आतुर रहन्थें ।

दिनभरि हामी सँगै बसेर गफ गर्थ्यौं । म त्यतिबेला होस्टेलमा बस्थें । त्यसबेलामा ल्याण्डलाइन फोन मात्र थियो । उनीसँग फोनमा पनि घण्टौं कुरा हुन्थ्यो । भोलि फेरि हाम्रो भेट हुन्थ्यो ।

भोलि फेरि भेट्थ्यौं । छुट्टिएपछि फेरि भोलि कहिले आउला जस्तो हुन्थ्यो । अहिले फर्केर हेर्दा त्यतिबेला प्रेमका संकेत थिए भन्ने लाग्यो ।

मलाई यस्तो खालको केटी मन पर्छ भन्ने थिएन । कसैसँग कुरा गरिसकेपछि, भेट भएपछि, चिनजान भइसकेपछि मात्र म युवतीप्रति आकर्षित हुन्थें ।

तर म विपरीतलिंगीको लागि हदभन्दा बढी कहिल्यै बढिनँ । त्यसैले पनि मसँग विछोडको पीडामा रुनुपरेको अनुभव छैन ।

न कुनै बन्धन, न कुनै परिधि
माया गर्छु तिमीलाई म जुनीजुनी

मलाई मन परेको प्रेमगीत हो यो । मधुलाई बिहेमा औंठी लगाइदिँदा पनि मैले यो गीत गाउने माहौल बनाएको थिएँ ।
मधुसँग बिहे होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ । जुन तरिकाले उनीसँग भेट भयो, त्यो योजना नगरिएको बाटो थियो ।

अकस्मात् एउटा कार्यक्रममा मधुसँग भेट भएको थियो । मैले उनलाई मेरो भिजिटिङ कार्ड दिएँ । फुर्सद मिलाएर फोन गर्न पनि आग्रह गरें । तर उनले एक हप्तासम्म फोन गरिनन् ।

एकदिन अचानक उनले मलाई फोन गरिन् । त्यसको अर्को दिन मेरो जन्मदिन थियो ।

‘भोलि मेरो जन्मदिन हो । भेटौं न त,’ मैले भनें ।

मेरो जन्मदिनको दिन नै मधुसँग मेरो पहिलो डेट भयो ।

चिनजानका लागि केही समय पनि दियौं । हाम्रो जोडी मिल्छ कि मिल्दैन भन्ने पनि थियो । अन्ततः हामी एकअर्काका लागि योग्य छौं भनेर नै हामीले बिहे गर्ने योजना बनायौं ।

उनले मलाई गर्ने निःस्वार्थ प्रेमले मलाई सधैंभरि शक्ति दिन्छ ।

मेरा लागि प्रेम भनेको नै एकआपसले महसूस गर्ने कुरा हो भन्ने लाग्छ । मलाई आफ्नो प्रेम नै यस्तो हुन्छ भन्ने छैन ।
सम्बन्धका लागि रेस्पेक्ट, अन्डरस्टान्डिङ भएन भने सम्बन्ध विफल पनि हुन सक्छन् ।

प्रेमको बारेमा सुझाव दिन पनि अत्यन्तै गाह्रो छ । हरेक व्यक्तिसँग कुनै न कुनै क्वालिटी हुन्छ । प्रेम पनि त्यही अनुसार बाँडिएको हुन्छ । एकअर्कालाई बुझेर प्रेम बुझ्ने हो ।

प्रेम भनेको एक आपसमा माया गर्नु मात्र होइन । एक आपसलाई रेस्पेक्ट गर्नु र बुझ्नु नै प्रेम हो ।
सब्स्कास्टबाट उतारिएको

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x