मिस्टर भर्जिनको ट्रेलर सार्वजनिक

असार २५, २०७५

काठमाडौं- भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र मिस्टर भर्जिनको टे«लर सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक १ मिनेट २६ सेकेण्ड लामो टे«लरमा तिन पुरुषले कण्डम माग्न नसकेको कुरा देखाइएको छ । नायिका मरिस्का पोखरेलले सहजै कण्डम मागेको दश्य देख्न सकिन्छ ।

वर्ल्ड वाइड को व्यानरमा निर्मित चलचित्रको  निर्देशन विशारद बस्नेतले गरेका हुन् । केही भर्जिन पात्रहरूको यौन मनोविज्ञानमा आधारित चलचित्रमा गौरव पहाडी, मरिष्का पोखरेल, भोलाराज सापकोटा, कमलमणि नेपाल, विजय बराल, रविन्द्र झा र सिर्जना सुब्बालगायतका कलाकारको भुमिका छ ।


खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी, विशारद बस्नेतको लगानी रहेको चलचित्रमा सन्दिप उप्रेती र मनीष खत्री सह निर्माता छन् । चलचित्रलाई रामेश्वर कार्कीले खिचेका हुन ।
 

असार २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस