×

NMB BANK
NIC ASIA

साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेका ३ ‘सहयोगी’ धरौटीमा रिहा

असार २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा थप ६ जनाको विषयमा जिल्ला अदालत मोरङले आदेश जारी गरेको छ ।

Muktinath Bank

मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेका ३ जना सहयोगी पुर्पक्षका लागि जेल चलान भएका छन् भने ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलाशले आज ६ जना आरोपीमध्ये ३ जनालाई पुर्पक्षका लागि थुना राख्न र ३ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । काठमाडौ–१६ स्वयम्भूका ५४ वर्षीय फाल्दूङ्ग फुल्टुङ्ग भन्ने लक्षुबहादुर गुरुङ, काठमाडौं–६ गौरीघाटका ४२ वर्षीय रामकुमार तिवारी र काठमाडौं–९ का ३४ वर्षीय मदन सिलवाललाई जेल चलान गरिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उर्लावारीका ३८ वर्षीय रेवत भन्ने रेवन्तकुमार आचार्यलाई १ लाख २१ हजार ५ सय रुपैयाँ धरौटी माग गरिएको छ । झापाको दमक–९ का ३४ वर्षीय विनोद अधिकारी र दोलखा चरिकोट–१ का ४३ वर्षीय मोतीराम श्रेष्ठलाई जनही १ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश भएको श्रेस्तेदार दुलाले बताए ।


Advertisment
Nabil box
Kumari

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत् १ जनालाई फरार प्रतिवादी बनाएर ७ जनाविरुद्ध पूरक अभियोग लगाएको थियो । आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरीपैठारी, चोरी निकासीको अवैध कारोबार, अपरण तथा शरीर बन्धक, कर्तव्य ज्यान मुद्दा दर्ता गरिएकोमा आइतवार र सोमवार भएको बहसपछि आदेश भएको हो । सुन तस्करी तथा हत्या प्रकरणमा अनुसन्धानका क्रममा पहिलो चरणमा बैशाख १९ गते ६३ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

Vianet communication
Laxmi Bank

पहिलो चरणमा जेल जानेमध्ये १६ जनाले मुलुकी ऐनको अदालती बन्दोबस्तको महलको १७ नम्बर प्रयोग गर्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x