२२ लाख मूल्यको बहुमूल्य पत्थर सहित ९ जना पक्राउ

असार २५, २०७५

काठमाडौं- राजधानीको ज्याठाबाट बहुमुल्य पत्थरसहित ९ जना पक्राउ परेका छन् ।

राजधानीको बिभिन्न स्थानमा (पथरकी रानी) भनेर चिनिने अबैध रुबी संचय गरी बिक्री बितरण एवं ओसार पसार गरि रहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

असार २४ गते बेलुका ज्याठा स्थित शंकास्पद अबस्थामा फेला परेका पदम बहादुर थापा सहित ९ जनालाई रातो अबैध रुबी (पथरकी रानी) जस्तो देखिने रातो पथर ४ वटा (११० क्यारेट) अन्दाजी मूल्य बाइसलाख बराबरको सामान सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक ललितपुर पठाईएको प्रहरीले जनाएको छ ।

पक्राउ व्यक्तिहरू:-

१.जि.जाजरकोट कुसे गा.पा.वडा नं.८ स्थायी घर भई का.जि.नाराणथान बस्ने हर्क बहादुर थापाको छोरा बर्ष-५० को पदम बहादुर थापा ।

२) जि.जाजरकोट जुनीचाँदै गा.पा.वडा नं.१ घर भई का.जि.मित्रनगर बस्ने शेर बहादुर बुढाको छोरा बर्ष-३० को अमृत बहादुर बुढा ।

३) जि.जाजरकोट त्रिबेणी नलकाट न.पा.१३ घर भई हाल का.जि. मित्रनगर बस्ने गंगे बहादुर बोहराको छोरा बर्ष-२८ को प्रदिप कुमार बोहरा

४) जि.हुम्ला सर्केगाड गा.पा.२ घर भई का.जि.कपन बस्ने हस्त कार्कीको छोरा बर्ष-२५ को सरोज कार्की ।

५) जि.बाँके नेपालगंन्ज न.पा.१ घर भई का.जि.पबित्रनगर बस्ने बेदराज शर्माको छोरा बर्ष-३० को जिबन शर्मा ।

६) जि.गोरखा सुलिकोट गा.पा.वडा नं.३ घर भई का.जि.सामाखुशी बस्ने बीर बहादुर तामाङको छोरा बर्ष-२० को सुमन तामाङ ।

७) जि.रुकुम आठबिसकोट गा.पा.६ घर भई का.जि.पबित्रनगर बस्ने राम बहादुर बोहराको छोरा बर्ष-१९ को मनोज बोहरा

८) का.जि.टोखा न.पा.९ घर भई बस्ने देबी प्रसाद सिलवालको छोरा बर्ष-३८ को राजाराम सिलवाल ।

 जि.डोल्पा ठुलीभेरी न.पा.३ घर भई का.जि.पबित्रनगर बस्ने बालकृष्ण बोहराको छोरा बर्ष-२८ को भिम बोहरा ।

असार २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस