×

NMB BANK
NIC ASIA

ललितपुरको बजेट ४ अर्ब ५१ करोड प्रस्ताव

असार २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि ४ अर्ब ५० करोड ७२ लाख ८७ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । 

Muktinath Bank

महानगरपालिकाले आज आयोजना गरेको नगरसभामा बजेट प्रस्तुत गर्दै महानगरका उपप्रमुख गीता सत्यालले सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक स्रोत, सडक बोर्ड, अन्तर्राष्ट्रिय संस्थालगायत स्रोतका आधारमा अनुमानित आय प्रस्ताव गरिएको बताइन् । संघीय सरकारबाट ८९ करोड ७८ लाख रुपैयाँ आयको अनुमान गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारबाट ३ करोड र आन्तरिक स्रोतबाट १ अर्ब ७७ करोड ५४ लाख १ हजार रुपैयाँ आयको अनुमान गरिएको छ । अनुदान सःशर्त र निःशर्त दुवै किसिमका छन् । अनुमानित व्ययमा प्रशासनिक खर्च, सामाजिक सुरक्षा भत्ता, आर्थिक, सामाजिक र पूर्वाधार विकासका क्षेत्रमा खर्च हुने अनुमान गरिएको छ । 


Advertisment
Nabil box
Kumari

नगर प्रमुख चिरीबाबु महर्जनले नगरले भौतिक पूर्वाधारसँगै खेलकुद, पर्यटन, शिक्षालगायत क्षेत्रको विकास गर्ने नीति लिएको तथा साविक गाउँपालिकाको विकासमा ध्यान केन्द्रित गरेको बताए । उनले भने, ‘हामीले विकासको शुरूआत महानगरको सबैभन्दा पिछडिएको फर्सीडोलबाट गर्नेछौं ।’

Vianet communication
Laxmi Bank

सांसद पम्फा भुसालले महानगरले कानूनले तोकेको मिति (१० असार) भन्दा ढिलो गरेर बजेट ल्याएको बताउँदै भनिन्, ‘अनुभवको कमीले यो वर्ष ढिला भएपनि आगामी वर्ष समयमा नै गर्नुपर्छ ।’ प्रदेशसभा सदस्य माधव पौडेलले महानगरपालिकाले सबैसँग समन्वय गरेर अघि बढ्नुपर्ने औंल्याए । नगरसभा सदस्य रामकुमारी लेखुले नगरको विकासका लागि सबै दलगत स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिए । नगरसभाले पारित गरेको बजेट असार ३२ गते सार्वजनिक गरिने योजना छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x