पाेखरीमा पाैडी खेल्ने अधिकांश बालबालिकामा कानमा समस्या

असार २६, २०७५

नेपालगञ्ज– बर्दिया जिल्लाका ग्रामीण भेगका अधिकांश बालबालिकाले फोहोर पानी भएको पोखरीमा पौडी खेल्ने र नुहाउने गरेका कारण उनीहरुको कानमा सवास्थ्य समस्या सिर्जना भएको तथ्य बाहिर आएको छ । 

उक्त तथ्य बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नं. ४ अन्तर्गत पर्ने गोला गाउँमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका अधिकांश बालबालिकाको कानमा समस्या देखिएपछि बाहिर आएको हो ।


ADVERTISEMENT

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका डा राजेश केसीका अनुसार शिविरमा आएका अधिकांश बालबालिकामा फोहोर पानीले नुहाउँदा पानी पसेर कानमा समस्या देखिएको छ ।, गोरखापत्रमा खबर छ ।

असार २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस