×

NMB BANK
NIC ASIA

निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउन अर्थमन्त्रालयको सुझाव, १० अर्ब जोगिने !

असार २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –अर्थ मन्त्रालयले प्रस्तावित संघीय निजामती ऐनमा निजामती कर्मचारीको सेवा निवृत्त हुने उमेरहद ६० वर्ष पुर्‍याउने प्रस्ताव अगाडि सारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐनको मस्यौदामाथि राय दिँदै अर्थ मन्त्रालयले सरकारी कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउन प्रस्ताव गरेको हो । 

Muktinath Bank

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ऐनको मस्यौदामा ५८ वर्ष उमेर पुगेको निजामती कर्मचारीले स्वतः अवकाश पाउने व्यवस्था प्रस्ताव गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निवृत्तिभरणको भार घटाउन उमेरहद बढाउने प्रस्ताव


Advertisment
Nabil box
Kumari

सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा ऐनको मस्यौदा अहिले छलफलको क्रममा छ । मस्यौदामाथि रायका लागि अर्थ मन्त्रालय र कानून मन्त्रालयमा पठाइएकोमा अर्थ मन्त्रालयले आफ्नो राय पठाइसकेको छ । अर्थ मन्त्रालयले सेवा निवृत्त हुने कर्मचारीको निवृत्तिभरण र उपदानका लागि राज्यकोषबाट भइरहेको खर्चको भार घटाउन कर्मचारीको उमेरहद बढाउने राय दिएको छ । 

Vianet communication
Laxmi Bank

अर्थ मन्त्रालयले निजामती कर्मचारीको उमेरहद ६० वर्ष कायम राख्न राय दिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले लोकान्तरलाई बताए । 

‘कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउँदा अवकाशप्राप्त गर्ने कर्मचारीको निवृत्तिभरणको भारमा केही कमी आउने भनेर अर्थ मन्त्रालयले राय दिएको छ,’ प्रवक्ता अधिकारीले लोकान्तरसँग भने, ‘अर्थ मन्त्रालयले दिएको रायलाई प्रस्तावित ऐनको मस्यौदामा रायको रूपमा समेटेर मन्त्रिपरिषद्मा छलफलका लागि पेश गरिने छ ।’

प्रस्तावित संघीय निजामती सेवा ऐनको मस्यौदामा कानून मन्त्रालयबाट पनि राय प्राप्त भए छलफलका लागि मन्त्रिपरिषद्मा पेश गरिने छ । 

मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयको राय स्वीकृत गरेमा आगामी संघीय निजामती सेवा ऐनको मस्यौदामा ६० वर्ष पुगेको निजामती कर्मचारीले स्वतः अवकाश प्राप्त गर्ने व्यवस्था गरिने छ । 

मन्त्रिपरिषद्ले स्वीकृत गरी व्यवस्थापिका संसदमा दर्ता भएपछि मस्यौदाले विधेयकको रूप पाउने छ । 

हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐन, २०४९ मा भएको व्यवस्थाका अनुसार ५८ वर्ष उमेर पुगेका निजामती कर्मचारीले स्वतः अवकाश पाउँछन् । 

प्रचलनमा रहेको नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार भर्ना भएका सरकारी कर्मचारीको उमेरहद भने ६० वर्ष छ । 

उमेरहद बढाए १० अर्ब जोगिने ?

सरकारी तथ्याङ्कअनुसार यो वर्ष उमेरहद पुगेर सेवा निवृत्त हुने कर्मचारीको संख्या १६ हजारको हाराहारीमा छ । यस्तै आगामी वर्षमा १० देखि १२ हजार सरकारी कर्मचारी उमेरहद ५९ वर्ष पुगेर सेवा निवृत्त हुने अवस्थामा छन् ।

अहिले छलफलमा रहेको संघीय निजामती सेवा ऐनमा सरकारी कर्मचारी सेवा निवृत्त हुने उमेरहद बढाएर ६० वर्ष पुर्‍याएमा आगामी २ वर्षसम्म अवकाश पाउने अवस्था करिब २५ हजार कर्मचारी सेवामा रहनेछन् । उमेरहद बढाएर ६० वर्ष पुर्‍याए सरकारले आगामी २ वर्षका लागि नयाँ कर्मचारीको भर्ना र निवृत्त भएका कर्मचारीको निवृत्तभरणमा व्यहोर्नुपर्ने खर्च जोगिने छ । 

२ वर्षमा २५ हजार कर्मचारीले स्वतः अवकाश पाउँदा भने करीब १० अर्ब रुपैयाँ निवृत्तिभरणका लागि हुने खर्चमा थपिने छ । 

‘२५ हजार कर्मचारी सेवामा नै रहने अवस्था भएकाले ठूलो संख्यामा कर्मचारी भर्ना गर्नुपर्ने अवस्था रहँदैन,’ निवृत्तिभरण व्यवस्थापन कार्यालयका एक अधिकारी भन्छन्, ‘उमेरहद बढाइए उनीहरूको निवृत्तिभरणका लागि खर्च हुने रकम पनि जोगिने देखिन्छ ।’

निवृत्तिभरण व्यवस्थापन कार्यालयको तथ्याङ्कका अनुसार अहिले २ लाख ४९ हजार सेवा निवृत्त कर्मचारीले निवृत्तिभरण (पेन्सन) पाउँदै आइरहेका छन् । सरकारले चालू आर्थिक वर्षको अन्त (असार मसान्त)सम्म सेवा निवृत्त कर्मचारीको निवृत्तिभरणका लागि ४० अर्ब रुपैयाँ खर्च हुने जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x