सुनुवाइ समितिको अध्यक्षता कर्णले गर्ने, प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रिया शुरु हुँदै

असार २६, २०७५

काठमाडौं –संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश कामु प्रधानन्ययाधीश दीपकराज जोशीको नाममा सुनुवाइ प्रक्रिया अगाडि बढाउन संसदीय सुनुवाइ विशेष समितिको बैठक मंगलवार बस्दैछ । 

सोमवारमात्र पूर्णता पाएको समितिको बैठक संसद सचिवालय सिंहदरबारमा बस्न लागेको हो । सभापतिको चयन भइनसकेका कारण बैठकको अध्यक्षता जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले गर्नेछन् ।

समितिमा प्रतिनिधिसभाका १२ र राष्ट्रिय सभाका ३ सदस्य छन् ।

समितिको पहिलो बैठकमा संवैधानिक परिषद्को पत्रअनुसार कामु प्रधानन्यायाधीश जोशीको सुनुवाइका लागि उजुरी आह्वान गर्ने तयारी छ ।

संसद नियमावलीमा बहुमत सदस्यले अनुमोदन गर्ने र दुईतिहाइबाट अस्वीकृत गर्ने प्रावधान छ ।

संसदीय सुनुवाई समिति गठन हुन नसक्दा कामु प्रधानन्यायाधीशको सुनुवाइ हुन सकेको थिएन । संसदीय समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने बाटो खुल्नेछ ।

संवैधानिक परिषद्ले जेठ २९ गते जोशीको नाम सर्वसम्मतिले सुनुवाइ समितिमा पठाएको थियो ।

असार २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस