असार २६, २०७५
असार २६, २०७५ मा प्रकाशित
काठमाडौं – चलचित्र 'नाइ नभन्नु ल - ५' को ट्रेलर सार्वजनिक भएको छ ।
विकासराज आचार्यको निर्देशनमा बनेको उक्त चलचित्रको ट्रेलर हेरेर चलचित्र लभ स्टोरीमा आधारित रहेको सहजै अनुमान गर्न सकिन्छ ।
ADVERTISEMENT
प्रियंका कार्की, दिलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्का, बुद्धी तामाङ, अनुभव रेग्मी, सिट्रिना शर्मालगायतका कलाकारको अभिनय रहेको यो चलचित्रबाट निरुता सिंहले कमब्याक गर्दैछिन् ।
पुरुषोत्तम प्रधानको छायांकन, वसन्त सापकोटाको संगीत र अर्जुन जिसीको सम्पादन छ ।
हेर्नुहोस्, भिडियो :
प्रतिक्रिया दिनुहोस