कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जनकपुरधाम–दलित अगुवाहरुले आन्दोलन गर्ने चेतावनी दिएपछि २ नम्बर प्रदेश सरकारले प्रदेश सभामा दर्ता गराएको प्रदेश प्रहरी सेवा सम्बन्धी ब्यबस्था गर्न बनेको बिधेयक सच्याउने बताएको छ ।
दलित अगुवाहरुले जनसंख्याको आधारमा आरक्षण नदिएको भन्दै बुधबारदेखि प्रदेशसभा घेराउ गर्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रहरीलाई दिइने आरक्षणमा त्रुटि भएको स्वीकार गर्दै जनसंख्याकै आधारमा आरक्षणको ब्यबस्था गर्न संशोधन गरिने लोकान्तरलाई बताए । ‘दलित अगुवाहरूले अब आन्दोलन गर्नुको कुनै औचित्य छैन, उहाँहरूलाई आफ्नो आन्दोलन फिर्ता लिन आग्रह गर्दछु’, मन्त्री यादबले लोकान्तरसंग भने ।
यता दलित अधिकार परिषदका संयोजक राजाराम पासवानले मन्त्री यादबले संञ्चारमाध्यममा भन्दैमा आफूहरूको आन्दोलनको पूर्ब घोषित कार्यक्रम फिर्ता नहुने बताएका छन् । सरकारले आफूहरूसँग बार्ता गरेर लिखित सम्झौता नगरेसम्म आन्दोलनको कार्यक्रम फिर्ता नहुने पासवानले बताए ।
प्रदेश प्रहरी ऐनमा १७.२९ प्रतिशत जनसंख्या भएको मधेसी दलितलाई मात्र ७ प्रतिशत आरक्षण कोटाको व्यवस्था गरिनु पूर्ण रुपमा अवैज्ञानिक र अव्यवहारिक रहेको परिषदद्वारा गठित आन्दोलन समितिका संयोजक राजाराम पासवानले बताए ।
विगतमा मधेस आन्दोलनमा दलितहरुसमेतले संयुक्त संघर्ष गरेका थिए । त्यो बेला दलितलाई अझ आन्दोलनको अग्रपंक्तिमा राख्ने गरिन्थ्यो । तर, आन्दोलनपछि प्राप्त अवसरमा मधेसी समुदायभित्रको विविधतालाई सम्बोधन गर्नुको साटो मधेसमा सामुदायिक हिसाबले मधेसी कलस्टर ५४ प्रतिशतपछि दोस्रो सबैभन्दा ठूलो जनसंख्या रहेको दलित समुदायलाई पूर्ण समानुपातिक त के संविधान अनुसार पाएको अवसर समेत कटौती गर्ने कार्य निन्दनीय रहेको पासवानको भनाइ छ ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार प्रदेश २ मा दलितलाई १७ .२९ प्रतिशत आरक्षण कार्यान्वयन गरिसकेको सन्दर्भमा प्रदेश सरकारले कुन आधारमा ७ प्रतिशत आरक्षण व्यवस्था प्रदेश प्रहरी ऐनमा गरेको हो त्यसको जवाफ सरकारले दिनु पर्ने दलित अगुवाहरुको माग छ ।
प्रदेशस्तरमा गठन हुने नीति आयोगका लागि तोकिएको योग्यता दलित विरोधी रहेको उनीहरुको भनाई छ । मधेस आन्दोलन खसआर्यको जनसंख्या यस प्रदेशमा ४.८९ प्रतिशत रहँदा त्यसमा ५ प्रतिशत आरक्षण र मुस्लिम समुदायको जनसंख्या ११ .५८ प्रतिशत हुँदा त्यसमा मात्र ५ प्रतिशत आरक्षणको व्यवस्थाको आधार गलत रहेको दलित अगुवाहरुको भनाई छ ।
परिषदले प्रदेश प्रहरी ऐनमा प्रदेश २ मा दलितको जनसंख्याको आधारमा १७ .२९ प्रतिशत आरक्षणको व्यवस्था गरिनुपर्ने, महिलालाई दिइने आरक्षण कोटामा दलित महिलालाई छुटै १७ .२९ प्रतिशत आरक्षण हुनुपर्ने, प्रदेश सरकारले गठन गर्न लागेको नीति आयोग लगायत सम्पूर्ण आयोगमा दलितहरुको जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने, नीति आयोगको सदस्यको योग्यता दलितको हकमा स्नातक गरेपनि हुने र कार्य अनुभवनमा गैरसरकारी, सरकारी संस्थामा तीन वर्ष काम गरेपनि हुने व्यवस्था गरिनु पर्ने मांग सरकारसंग गरिएको छ ।
आफ्नो मागको सम्बोधनका लागि दबाव सृजना गर्न परिषदले बुधबार बस्ने प्रदेशसभाको बैठकको बेला प्रदेशसभा भवन आगाडि प्रर्दशन गर्ने जानकारी समेत गराएको छ । माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी दिइएको छ ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...