फाइनल प्रवेशका लागि फ्रान्स र बेल्जियमबीच भिडन्त, पहिलो हाफ बराबरी (फोटोफिचर)

असार २७, २०७५

काठमाडौं– फिफा विश्वकपको फाइनल प्रवेशका लागि  मंगलबार मध्यराती दुई युरोपियन टीम फ्रान्स र बेल्जियमबीच भिडन्त भइरहेको छ । यी टीमबीचको पहिलो हाफको खेल गोल रहित बराबरीमा टुंगिएको छ । पहिलो हाफमा दुबै टिमले केहि गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।  
भौगोलिक सिमाना जोडिएका यी दुईदेश ७४ पटक एकअर्कासँग भिडेका छन् । फ्रान्सले आफ्नो फूटबल इतिहासमा बेल्जियमसँग जति खेल कसैसँग खेलेको छैन ।
७४ भेटमध्ये ३० भेटमा बेल्जियमले बाजी मार्दा २४ पटक फ्रान्स विजयी भएको छ । बाँकी खेल बराबरीमा टुंगिएका छन् । 
जारी विश्वकपमा बेल्जियमले शतप्रतिशत जीत दर्ता गर्दै आएको छ भने एक बराबरी खेलेको फ्रान्स पनि अपराजित छ । क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वे तथा बेल्जियमले ब्राजिललाई पराजित गरेका हुन् ।
उपाधिको प्रबल दाबेदार मानिएको दक्षिण अमेरिकी पावरहाउस ब्राजिललाई पराजित गरेको बेल्जियम उच्च मनोबलका साथ मैदानमा उत्रिँदै छ ।
फ्रान्स एकपटकको विश्वविजेता हो भने बेल्जियमका लागि सेमीफाइनल पुग्नु नै ठूलो उपलब्धि हो ।
स्टार खेलाडीहरूले भरिएको बेल्जियम पहिलो पटक विश्वकप उचाल्ने लक्ष्यमा छ ।


ADVERTISEMENT

 

असार २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस