सरकारी स्वामित्वमा रहेका १७ मध्ये आठ उद्योग पूर्ण रूपमा बन्द

असार २७, २०७५

काठमाडौं । सरकारी स्वामित्वमा रहेका १७ मध्ये आठ उद्योग पूर्ण रूपमा बन्द छन् भने धेरैजसो उद्योग आंशिक सञ्चालनमा छन् । हेटौँडा कपडा उद्योग, नेपाल ओरिन्ड म्याग्नेसाइट प्रालि, मोरङ सुगर मिल्स, सेती चुरोट कारखाना, जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, नेपाल मेटल कम्पनी र बुटवल धागो कारखाना पूर्ण रूपमा बन्द छन् ।

त्यस्तै, दुग्ध विकास संस्थान, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट मात्रै सन्तोषजनक अवस्थामा चलेका छन् भने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, नेपाल औषधि लिमिटेड, विराटनगर जुट मिल्स, नेपाल चिया विकास निगम, नेपाल ढलौट उद्योग लिमिटेड र रघुपति जुट मिल्स आंशिक सञ्चालनमा छन् । आजको नयाँ पत्रिकाले विस्तृत खबर छापेको छ । 

असार २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस