×

NMB BANK
NIC ASIA

न्युरोडमा पार्किङ विवादः महानगरले कडाइ गर्दा व्यापारीको आपत्ति

असार २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– काठमाडौंको अति व्यस्त बजार न्युरोडका विभिन्न क्षेत्रमा पार्किङका विषयमा सरकार र व्यवसायीबीच मतभेद सृजना हुँदा व्यापार प्रभावित भएको छ ।

Muktinath Bank

न्युरोडका खिचापोखरी, पाको, बटु, धर्मपथ, गुच्चा लगायतका क्षेत्रमा व्यवस्थित पार्किङ सुविधा नहुँदा समस्या सृजना भएको हो । सो क्षेत्रमा व्यवस्थित पार्किङ नभएका कारण सडक किनारामै सवारी साधन, मोटरसाइकल पार्किङ गर्ने गरिन्छ । पछिल्लो समय सो क्षेत्रको बढ्दो भिडभाडसँगै महानगरीय ट्राफिक प्रहरी र काठमाडौं महानगरपालिकाले सडक किनारामा पार्किङमा कडाइ गर्दा झण्डै ६० प्रतिशत व्यवसाय घटेको व्यापारीहरुको दाबी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाको विकास समितिका सदस्य समेत रहेका पाको बजारका मोबाइल पसल सञ्चालक तथा स्थानीय मनोज मानन्धरले सरकारले विकल्प र समय नदिइकन पक्षपाती तरिकाले कडाइ र कारबाही गर्न थालेको बताए । उनले महानगर प्रहरी र ट्राफिकले बजारका हिसाबले बार्गेनिङ गर्ने तर नमिलेको ठाउँमा कारबाही गर्ने गरेको आरोप लगाए । 


Advertisment
Nabil box
Kumari

उनले भने, ‘महानगर र ट्राफिकसँगको सल्लाहमा दुई लाइनमा व्यवस्थित पार्किङ गर्ने बजार पनि छन् । तर एकाएक मनोमानी कारबाही गर्ने गरिन्छ । कतै गरिन्छ कतै गरिँदैन । विकल्पसहित पार्किङ व्यवस्थापन गर्नैपर्नेमा हामी सहमत छौं तर मनलाग्दी तरिका ठिक भएन ।’

Vianet communication
Laxmi Bank

यता काठमाडौं महानगरपालिकाले व्यापारीहरुले आफ्नो व्यापारका लागि पार्किङको सुविधा राख्नुपर्ने तर्क गरेको छ । महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीले व्यवसायीहरुले आफ्नो व्यवसायका लागि पार्किङको व्यवस्था गर्नुपर्ने हुँदा महानगरपालिकाको नीति गलत नभएको तर्क गरे ।

उनका अनुसार पुराना अव्यवस्थित बजारलाई ध्यानमा राख्दै महानगरपालिकाले आगामी आर्थिक वर्षमा विभिन्न ८३ स्थानमा पार्किङ स्थल निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको जानकारी दिए । कार्कीले भने, ‘व्यवसायीहरुले आफ्नो व्यवसायका लागि पार्किङको व्यवस्था त गर्नैपर्छ, फुटपाथमा राखेका मोटरसाइकललाई हामीले जरिवाना गर्नुपर्ने नीति लिएका छौं । योसँगै यही कुरालाई मध्यनजर गर्दै हामीले आगामी आर्थिक वर्षको शुरुवातमै ८३ वटा स्थानमा पार्किङ स्थल निर्माणका लागि टेण्डर आह्वान गर्ने तयारीमा छौं ।’

यस्तै सडक सुरक्षा तथा व्यवस्थापनको प्रमुख जिम्मेवार ट्राफिक प्रहरीले पनि महानगरपािलकासँग समन्वयमा न्युरोडका सडक व्यवस्थापनका लागि लागिरहेको जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुमार पन्तले न्युरोड क्षेत्र अति व्यस्त बजार भएकाले यो क्षेत्रमा व्यवस्थित पार्किङ हुनुपर्नेमा जोड दिँदै महानगरको समन्वयमा काम गरिरहेको बताएका छन् ।  

पन्तले भने, ‘बिगतकै ढंगले चलिरहेको थियो तर भिडभाडसँगै अस्तव्यवस्त बन्न थालेपछि हामीले सडक सुरक्षाका लागि काम गर्न लागेका हौं । अहिले निशेध गरेको ठाउँ फुटपाथ र सडकमा पार्किङ गरेको पाइए महानगरले जरिवाना तिराउँछ । हामीले सवारी व्यवस्थित गर्नका लागि सहयोग गरिरहेका छौं ।’  
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x