×

NMB BANK
NIC ASIA

थाइल्यान्ड : असम्भवलाई सम्भव बनाउने ४३२ घन्टा

असार २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – असार ९ गते थाइल्यान्डको अन्डर–१६ फूटबल टोलीका १२ खेलाडीहरूले आफ्ना प्रशिक्षकका साथ गुफामा पस्दा धेरै दिनसम्म फसिएला भनी सोचेकै थिएनन् । 

तर उनीहरू त्यहाँ १८ दिनसम्म फसे र संसारभरिको ध्यान उनीहरूमा एकत्रित भयो । मंगलवार सबैलाई सुरक्षित बाहिर ल्याइयो । 

एघारदेखि १६ वर्ष उमेरका १२ किशोरहरू आफ्ना प्रशिक्षकका साथ फूटबल अभ्यासपछि उत्तरी थाइल्यान्डमा रहेको थाम लुआङ गुफा पुगेका थिए । उनीहरू गुफामा पसेपछि भारी बर्खाका कारण बाढी आयो र उनीहरू गुफाको झन् झन् भित्र गए । उनीहरू चार किलोमिटर भित्र पुगेछन् । 

असार १८ गते साउथ एन्ड मिड वेल्स उद्धार टोलीका सदस्य रिचर्ड स्ट्यानन र जोन भोलेन्थनले गुफामा किशोरहरूलाई खोजे । यी सबै किशोरहरू भोक लागेका कारण कमजोर देखिन्थे । गोताखोरहरूलाई देखेपछि किशोरहरूको अनुहारमा मुस्कान आयो । 

शुरूमा त किशोरहरूलाई मनसून सकिएपछि मात्र गुफाबाट बाहिर ल्याउन सकिने बताइएको थियो । तर भारी बर्खा भइरहेपछि गुफामा पानी भरिएको भरियै हुने देखियो । 

गुफामा कार्बनडाइअक्साइडको मात्रा पनि लगातार बढिरहेको थियो अनि अक्सिजनको स्तर घटिरहेको थियो । यसो हुँदा त्यहाँ फसेका किशोरहरूको मृत्यु हुने सम्भावना पनि रहन्थ्यो । त्यसैले असार २४ गते उद्धारकर्ताहरूले गर वा मरको
स्थितिलाई मूल्यांकन गर्दै उद्धार अभियान शुरू गरे ।

स्वास्थ्य अधिकारीहरूका अनुसार, सबै किशोरको स्वास्थ्य ठीक छ । उनीहरूलाई ज्वरो आएको छैन तर उनीहरू सात दिनसम्म अस्पतालमा चिकित्सकहरूको निगरानीमा रहन्छन् । आइतवार निकालिएका चार किशोरहरूको शरीरको
तापक्रम एकदम कम थियो र दुईजनालाई फोक्सोमा संक्रमणको आशंका छ । 

दोस्रो चरणमा उद्धार गरिएका किशोरहरूमध्ये एकजनाको मुटुको ढुकढुकी गति कम छ तर उपचारले उसको स्थितिमा सुधार आएको छ । अहिले चिकित्सकहरू गुफामा हुनसक्ने अन्य रोगको परीक्षण गरिरहेका छन् । 

यो सर्च अपरेसनका प्रमुखले उद्धारकर्मको प्रयास गर्नेलाई संयुक्त राष्ट्र टीम संज्ञा दिए । यो टीममा चीन, म्यान्मार, भारत, बेलायत, लाओस, अस्ट्रेलिया, अमेरिका, जापान र अन्य देशका मानिस थिए । 

संसारभरिका मानिसले फसेका किशोरहरूका लागि सन्देश पठाए । मंगलवार ३५.९० करोडले थाइ केभ रेस्क्यु शब्दावली राखेर गूगल सर्च गरे । 

बेलायती गोताखोरहरूप्रति आभार व्यक्त गर्नका लागि विश्वकपको मंगलवार हुने सेमिफाइनल खेलमा इंग्ल्यान्ड टीमलाई चीयर गर्ने धेरैजसो थाइल्यान्डवासीले बताए । 

गुफामा ९० जना अनुभवी गोताखोर थिए । तिनमा ४० जना थाइल्यान्ड र बाँकी अन्य देशका थिए । 

प्रत्येक किशोरले पानीमा पस्नुअघि डाइभ मास्क लगाएका थिए । किशोरहरूलाई बाहिर ल्याउनका लागि अक्सिजन ट्यांक लगिएको थियो र एउटा डोरीमार्फत बाटो पत्ता लगाइएको थियो । 

हरेक किशोरका समथ दुईजना गोताखोर थिए । गुफाको सबभन्दा साँघुरो बाटो पार गर्न सबभन्दा गाह्रो थियो र त्यहाँ किशोरहरू गोताखोर विना नै निस्कनुपर्ने थियो । 

किशोरहरूलाई सुरक्षित रूपमा च्याम्बर ३ सम्म पु–याइयो जहाँ उद्धारकर्ताहरूले आधारशिविर बनाएका थिए । त्यहाँ केही बेर आराम गरेपछि किशोरहरूलाई बाहिर ल्याइयो । 

असार २२ गते पूर्व थाई नेभी सील कमान्डर समन गुनानको मृत्यु गुफाभित्र भयो । उनी किशोरहरूलाई एयर ट्यांक दिएर फर्किरहेको बेलामा गुफाभित्र अक्सिजनको कमीका कारण उनको ज्यान गयो ।

एजेन्सी 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x