×

NMB BANK
NIC ASIA

कांग्रेसले नाम नदिँदा संसदीय समिति गठनमा ढिलाइ, सभामुखले गर्लान् एकतर्फी घोषणा ?

असार २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समितिमा बस्ने सदस्यहरूको नाम उपलव्ध नगराएपछि संसदीय समिति गठनमा ढिलाइ भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

संसदमा आफ्नो हिस्साअनुसार समितिको सभापति पाउने सहमति गरेपछि मात्र समितिमा बस्ने सदस्यको नाम उपलव्ध गराउने कांग्रेसको अडान छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असार २१ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख कृष्णबहादुर महराले तीन दिनभित्र नाम उपलब्ध नगराए चेयरबाटै समितिमा रहने सदस्यको नाम घोषणा गर्ने बताएका थिए । महराले तीन दिनभित्र नाम बुझाउन दिएको समय गुज्रिसकेको छ ।


Advertisment
Nabil box
Kumari

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले समितिमा रहने सदस्यहरूको नाम संसद सचिवालयमा बुझाइसकेको छ । सचिवालका एक उच्च अधिकारीले कांग्रेसले नाम नदिएका कारण समिति गठनमा ढिलाइ भएको बताए । 

Vianet communication
Laxmi Bank

‘संसदीय समिति गठन नहुँदा विधेयक माथिको दफावार छलफल मात्र प्रभावित भएको छैन, मन्त्रालयका कामको अनुगमन लगायत धेरै कुरा प्रभावित भएको छ,’ सचिवालयका ती अधिकारीले भने । संविधान जारी भएको तीन वर्ष अर्थात् आगामी असोज ३ गतेभित्र मौलिक अधिकारसम्बन्धी कयौं कानून बनाउनु पर्ने दायित्व सरकार र संसदसँग छ ।

संसदीय समितिमा दफावार छलफल गरेर मात्र नयाँ कानून पारित हुन्छन् । 

प्रतिनिधि सभाको पहिलो बैठक २०७४ फागुन २१ गते बसेको थियो । संसद शुरु भएको ४ महिना बितिसक्दा पनि समिति गठन हुन सकेको छैन । सभामुख महराले गत जेठ २८ गते संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक बोलाएर पाँच दिनभित्र संसदीय समितिमा रहने सांसदहरूको नाम बुझाउन आग्रह गरेका थिए । 

सो अवधिमा कुनै पनि दलले नाम नबुझाउँदा त्यसको १० दिनपछि फेरि तीन दिनभित्र नाम बुझाउन सभामुखको कार्यालयले ताकेता गरेको थियो । पटक–पटक ताकेता गर्दा पनि दलहरूले नाम नदिएपछि सभामुख महराले असार २१ मा तीन दिनको अल्टिमेटम दिएका थिए । 

एक चौथाइ समितिको सभापतिमा दाबी ! 

कार्यव्यवस्था परामर्श समितिकी कांग्रेस सदस्य पार्वती डिसी चौधरीले संसदमा कांग्रेसको हैसियतअनुसार आफ्नो पार्टीले सभापति पाउनु पर्ने बताइन् । 

‘सरकारजस्तो होइन, संसद सहमतिमा चल्छ । हिजो हामीले १ सिट भएको दललाई पनि सभापति दिएका थियौं,’ चौधरीले लोकान्तरसँग भनिन्, ‘संसद सहमतिमा चलाउने हो भने समितिको नेतृत्वमा कांग्रेसको हिस्सेदारी रहनुपर्छ ।’

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एक चौथाइ समितिको सभापति पाउनुपर्ने अडान आफूहरूले पटक–पटक राखेको उनले बताइन् । 

सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दललाई दिने संसदीय परम्परा रहेको छ । २०६४ सालपछि संसदको पछिल्लो दुई कार्यकालमा सत्तापक्ष र प्रतिपक्षले समितिको सभापतिमा भागबण्डा गरेका थिए ।  

‘मिनी पार्लियामेण्ट’ भनिने संसदीय समितिको सभापतिलाई राज्यमन्त्रीसरह सुविधा हुने गरेको छ । प्रतिनिधि सभामा १०, राष्ट्रियसभामा ४ र दुई संयुक्त गरी संघीय संसदमा १६ संसदीय समिति रहने व्यवस्था छ । 

अहलेसम्म कांग्रेसले नाम नदिएका कारण बिहीवार बस्ने प्रतिनिधिसभाको बैठकमा पनि समितिमा रहने सदस्यको नाम घोषणा हुने सम्भावना रहेको सचिवालयका एक अधिकारीले बताए ।

पूर्णता पाएको संसदीय सुनुवाइ समितिले भने मंगलवारदेखि काम शुरु गरेको छ ।

यो पनि पढ्नुहोस् :

प्रचण्डले रोजे राज्यव्यवस्था, माधव नेपालको रोजाइमा अन्तर्राष्ट्रिय सम्बन्ध समिति !

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x