×

NMB BANK
NIC ASIA

‘विशाल’ नेकपाको केन्द्रीय सदस्य त्याग्ने सांसद ! खिन्न भएर कि इमान्दार ?

असार २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि केन्द्रीय सदस्य हुन धेरैले मेहनत गरे । माओवादी केन्द्रमा धेरै केन्द्रीय सदस्य भएकाले सबै केन्द्रीय सदस्य हुने अवस्था नै थिएन ।

Muktinath Bank

केन्द्रीय सदस्य गुम्ने देखिएपछि धेरै व्यक्तिले पद कायमै राखिराख्न नेतृत्वसामु हारगुहार र मारामार गरे । तर पनि कोसिस गर्ने सबैले केन्द्रीय सदस्य पाउन सकेनन् । त्यही पार्टीमा १ जना यस्ता नेता पनि देखिए – जसले पाएको केन्द्रीय सदस्य पद पनि परित्याग गरे । सत्तासिन, सशक्त कार्यकर्ता सञ्जाल र शक्तिशाली पार्टीको केन्द्रीय सदस्य हुन मारामार परिरहेका बेला एक नेताले पाएको केन्द्रीय सदस्य पद पनि त्यागे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकता प्रक्रियामा आफूले पद पाउनुपर्ने भन्दै प्रभावशाली नेताको घरआँगन चहार्ने काम विभिन्न तहका नेताले गरे । कसैले केन्द्रमा त कसैले स्थायी समितिमा आफू पर्नुपर्ने भन्दै राजनीतिक नेतृत्वलाई विभिन्न माध्यमबाट चर्को दबाव समेत दिए । तर, कर्णाली प्रदेशका नेता गोपाल शर्माले पाएको केन्द्रीय सदस्य पद पनि त्यागे ।


Advertisment
Nabil box
Kumari

को हुन् गोपाल शर्मा ?

Vianet communication
Laxmi Bank

२०३४ पुस १२ गते चौरजहारी–५ रुकुम पश्चिममा जन्मेका शर्मा परिवारमा ५ दिदी र ४ भाईमध्ये कान्छा हुन् । शिक्षा संकायबाट प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका उनी सानैदेखि विद्रोही स्वभावका थिए । १ वर्षको उमेर हुँदा बुवा गुमाएका शर्मालाई आमाले लालनपालन गरिन् ।

शर्माका बुवाको हत्या गरिएको थियो । ‘दशैंमा पूजा गर्न गएको बेला झगडा छुटाउने क्रममा दुवै पक्षबाट निर्घात कुटिएको थियो,’ आमाको भनाई उदृत गर्दै कर्णाली प्रदेश सभा सदस्य समेत रहेका सांसद शर्माले भने, ‘त्यही कुटाइले लामो समय थलिएर बुवाको मृत्यु भएको थियो ।’ उनले बुवाको मृत्युपश्चात् आमालाई गाउँलेले धेरै दुःख दिएको बताए ।

‘पार्टीमा मनपरी बढेको, योगदान भएका, क्षमता भएकालाई छुटाइएको देख्दा मन खिन्न भयो’

‘बुवाको मृत्युपश्चात् आमा सोझो भएकाले गाउँमा मान्छेले हाम्रो लालपूर्जा र लेनदेन भएका कागजात जलाइदिएका रहेछन्,’ उनले आमालाई उदृत गर्दै भने, ‘उनीहरूले जग्गा जमिन हडप्ने कोसिस गरे, अदालतमा मुद्दा हालेर दुःख दिए ।’ आमाले घटना बताएकै दिनबाट ती हत्याराविरुद्ध लड्ने इच्छा उनमा बाल्यकालमै जागृत भएको थियो ।

‘मेरो बाल मष्तिकमै बावालाई दुःख दिने, आमालाई दुःख दिने सामन्तको विरोध गर्नुपर्छ भन्ने धारणा सेट भइसकेको थियो,’ उनले भने, ‘त्यसैले मैले उपयुक्त मौकाको सधैं खोजी गरिरहेँ ।’

शर्माको राजनीतिक यात्रा

सांसद शर्माको राजनीतिक यात्रा बडो आश्चर्यजनक छ । सदस्य भएपछि कहिल्यै इन्चार्ज बन्न नछुटेका शर्मालाई १२ वर्ष उमेरका बेला बहुदल आएको स्मरण गर्छन् । ‘चैत्र २४ गते विद्यालय जाने बेला कालो झण्डा गाडेको देखें,’ उनले भने, ‘कालो झण्डा गाड्नु बहुदल र निर्दलबीच आन्दोलन भएका कारण पक्ष विपक्षमा भएकाले गाडेका रहेछन् । बहुदल आएको दिन चैत २६ गते शितल मावि चौरजहारीमा जुलुस निस्कियो । त्यतिबेलाका नेकपा मसाल सम्बन्धित नेताले भाषण गरेको सुनें ।’

उतिबेला गरीबको लागि कम्यूनिस्ट बन्नुपर्छ भन्ने लागेको उनले बताए । उनी सानै भएकाले संगठनमा राखिएन । भेलामा निश्चित कमिटीमा बस्नेबाहेक अरुलाई बस्न नदिने कुरा भएपछि उनले ढोकाको छेउबाट कान राखेर सुनेको सम्झिए । ‘१ जना आएर हप्काए । गोप्य कुरा सुन्नु हुँदैन भने । तर, मलाई कम्यूनिस्ट बन्ने भूत सवार भएकाले तिनीसँग झगडा गरे,’ उनले भने । त्यसपछि ७ कक्षामा पढ्दा अनेरास्ववियू इकाइको सहअध्यक्ष बनाइयो । ‘इकाइ समिति अध्यक्ष, जिल्ला कमिटी सदस्य बनेर एरिया इन्चार्ज समेत बनेको थिएँ,’ उनले भने ।

‘युद्धकालमा कसले बढी काम गर्यो उसैले बढी जिम्मेवारी पाउने र नेतृत्व तहमा पुग्ने अवसर मिल्थ्यो । तर, आजकल गुट, उपगुट भएन भने जति सिनियर हुँदा पनि पछाडि पारिने प्रचलन हावी हुँदै गएको छ ।’

जनयुद्ध शुरू भएपछि उनी पार्टी काममा निरन्तर खटिए । ‘अरु भूमिगत भएका थिए । मलाई २०५२ चैत २४ गते पार्टीले भाषण गर्न पठाएको थियो । त्यो रेकर्ड प्रहरीसम्म पुगेको रहेछ । औषधि लिन बजारमा जाने क्रममा मेडिकलबाटै प्रहरीले हिरासतमा लिएको थियो । १ महिना म हिरासतमा बसे,’ उनले भने, ‘९ कक्षामा पढ्दै गर्दा पूर्णकालीनजस्तै भूमिकामा थिएँ । तर, औपचारिक रुपमा कहिल्यै भएन । २०५४ सालका केन्द्रीय सदस्य भएर राप्तिको इन्चार्ज, २०५६ सालमा केन्द्रीय उपाध्यक्ष र ६० सालसम्म पश्चिम उपकेन्द्रको इन्चार्ज भएर काम गरे ।’

सांसद शर्माले पार्टी राजनीति समेत विद्यार्थी संगठनमा सहभागी हुँदै गर्दा शुरू गरिसकेका रहेछन् । २०५५ सालमै उनी जिल्ला कमिटी सदस्य भइसकेका थिए । २०५६ सालमा एरिया इन्चार्ज, ५७ सालमा राप्ति उपक्षेत्रीय व्यूरो सदस्य, ५७ अन्त्यतिर भेरी कर्णाली उपक्षेत्रीय व्यूरोमा स्थानान्तरण भएका उनी २०५८ सालमा क्षेत्रीय व्यूरोको सदस्य र २०६० सालमा सचिवालय सदस्य तथा वाँके बर्दियामा इन्चार्जको रुपमा क्रियाशील रहे । 

२०७२ सालमा एकैचोटी केन्द्रीय सदस्य र पोलिटव्यूरो सदस्य बनेका शर्मा अहिले कर्णाली प्रदेशका सांसद छन् भने साविक माओवादीको रुकुम जिल्ला अध्यक्ष समेत हुन् । उनले आफ्नो इच्छा सैन्य क्षेत्रमा जाने भएपनि पार्टीले निरन्तर संगठनात्मक जिम्मेवारी दिएकाले ६ महिनाबाहेक  सैन्य क्षेत्रमा काम गर्न नपाएको बताए । उनले ६ महिना जति कमिसारको भूमिका निर्वाह गरेका थिए ।

कर्णाली प्रदेश सभामा सबैभन्दा वरिष्ठ

साविक नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशमा रहेका सबै सांसदमध्ये शर्मा वरिष्ठ हुन् । उनी भेरी कर्णाली उपक्षेत्रमा आएको बेला अहिलेका मुख्यमन्त्री जिल्ला कमिटीमा थिए । ‘म अहिले जुन भूमिकामा छु, म पनि सिनियर टीममा पर्छु । एकाध साथी मात्रै मभन्दा सिनियर छन् । माओवादी पृष्ठभूमिमा संसदमा आएकाहरु मेरो भूमिकाभन्दा तलै थिए ।’ 

‘जिल्लाको संगठनात्मक कार्यलाई अघि बढाउन पद त्यागे । म अहिले संसदको भूमिकामा छु ।’

‘युद्धकालमा कसले बढी काम गर्यो उसैले बढी जिम्मेवारी पाउने र नेतृत्व तहमा पुग्ने अवसर मिल्थ्यो,’ उनले भने, ‘तर, आजकल गुट, उपगुट भएन भने जति सिनियर हुँदा पनि पछाडि पारिने प्रचलन हावी हुँदै गएको छ ।’

किन त्यागे केन्द्रीय सदस्य पद ?

‘मान्छेले आफूलाई जे मन लाग्यो, त्यही सेटिङ गर्न खोजियो । पार्टीमा आवश्यकता, कामको मूल्याङ्कन गर्ने काम करीब–करीब पछिल्लो चरणमा बन्दै भयो,’ उनले भने, ‘अहिलेसम्म चुनिएरै आएको हुँ । उतिबेला परिणाममुखी काममा जो हिँड्थ्यो, त्यो नेता भइहाल्थ्यो ।’

पछिल्लो चरणमा गुट सिर्जना हुन खोजेर जिम्मेवारीका रुपमा तटस्थ भएर नेतालाई काम गर्न नदिने परीपाटी विकास भएको उनले बताए । ‘पार्टीमा मनपरी बढेको, योगदान भएका, क्षमता भएकालाई छुटाइएको देख्दा मन खिन्न भयो,’ उनले भने । अहिले कमजोर र भूमिका नै नभएका मानिस पदमा पुगेको बताउँदै उनले त्यस्तो हुनु राम्रो नभएको बताए ।

रुकुममा माओवादीले एकलौटी जितेको र त्यसमा योगदान पुर्याएका साथी धेरै भएको अरुलाई अवसर दिन केन्द्रीय सदस्य पद त्यागेको उनले बताए । ‘जिल्लाको संगठनात्मक कार्यलाई अघि बढाउन पद त्यागे,’ उनले भने, ‘म अहिले संसदको भूमिकामा छु ।’

सांसदका रुपमा आफूले धेरै समय सुर्खेतमा बस्नुपर्ने भएकाले संगठनको काम गर्न रुकुमको नेता चाहिने उनले बताए । ‘संगठनकै कारण म सांसद भएकाले सबैभन्दा पहिले संगठन बचाउनु हाम्रो दायित्व हो,’ उनले भने, ‘बरुले संगठनको काम गर्लान् भनेर मैले केन्द्रीय सदस्य पद त्याग गरेको हुँ । अहिले पार्टीमा ठूलो योगदान पुर्याएका वसन्त शर्मा ‘कुशल’ले जिम्मेवारी पाउनुभएको छ ।’

जनअपेक्षामा इमान्दारी

सांसद शर्माले जनताले देखेका सपना तथा जनताका अपेक्षालाई पूरा गर्न आफू दिनरात नभनी लागिपर्ने बताए । ‘जनताका अपेक्षा धेरै छन् । खानेपानी, सडक, स्वास्थ्य, शिक्षाजस्ता धेरै कामहरू गर्नुछ । कानूनहरू निर्माण गर्नुपर्ने छ,’ उनले भने, ‘जनताले चाहे अनुसार इमान्दारीपूर्वक काम गर्ने मेरो प्रतिवद्धता छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x