इन्भेस्टमेण्ट बैंकद्वारा ४ स्थानीय तहमा शाखा विस्तार

असार २७, २०७५

काठमाडौं – नेपाल इन्भेस्टमेण्ट बैंक लिमिटेडले ४ वटा स्थानीय तहमा शाखा विस्तार गरेको छ ।

ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले स्थानीय तह अनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गरिएको हो । बैंकले जुम्ला, बझाङ, प्यूठान र दाङमा गरी ४ वटा जिल्लामा थप शाखा विस्तार गरेको छ । 

बैंकले जुम्लाको हिमा गाउँपालिकास्थित कालिकाखेतु, बझाङको केदारस्यू गाउँपालिकास्थित झोता, प्यूठानको नौबहिनी गाउँपालिकास्थित बाहाने र दाङको शान्तिनगर गाउँपालिकास्थित शान्तिनगरमा क्रमशः ७४ औं, ७५ औं, ७६ औं र ७७ औं शाखा खोलेको छ । बैंकका १ नम्बर प्रदेशमा ९ वटा, २ नम्बरमा ६ वटा, ३ नम्बरमा ३५ वटा, गण्डकीमा ६ वटा, ५ नम्बरमा ११ वटा, कर्णालीमा ५ वटा र ७ नम्बरमा ५ वटा शाखा पुगेका छन् । 

बैंकले ४५ जिल्लामा सेवा विस्तार गरिसकेको छ । बैंकले ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार ७ सय व्यक्तिलाई ३ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेको छ । ८ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १ सय १ वटा एटीएम पुगेका छन् भने ७ वटा एक्स्टेन्सन काउन्टर रहेका छन् ।

५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको बैंकको ५७ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३ सय बढी भिसा तथा एनपीएन सदस्य रहेको बैंकको एटीएम रहेका छन् ।

असार २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस