सीसी क्यामेरासमेत फुटाएर चोरी गर्ने दुई जना पक्राउ

असार २७, २०७५

काठमाडौं- बिगतकेही समय अगाडिदेखि  रातको समयमा उपत्यकाका बिभिन्न स्थानमा रहेका घर , सहकारी तथा  बित्तियसस्थाहरुको ताला फोडी सीसी क्यामेरा समेत फुटाइ चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिकाका दिपेश भनिने बुद्धबहादुर तामाङ र सोही ठाउँकै सुजन तामाङ भएको प्रहरीले जनाएको छ ।

असार ९ गते गते रातिको समयमा काठमाडौं तारकेश्वर न.पा. वडा ९ शुभकामना चोक स्थित कोपिला धमला अधिकारीको घरमा नगद ११ लाख ८२ हजार, सुनको ब्रासलेट तथा मो.सा. समेत  गरि अन्दाजी अठार लाख चौरानब्बे हजार दुई सय पचास बराबरको धनमाल चोरी गरी लगेको घटना अनुसन्धान गर्ने क्रममा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

उनीहरुको साथबाट नगद  रु १,९९,०००  चोरी गर्न प्रयोग गर्ने फलामका रड , सुन ,चाँदिका गर गहना , मुगा माला फेला परेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक सोधपुछको क्रममा निजहरुले  उपत्यकाका बिभिन्न स्थानहरु पुरानो गुहेश्वरी ,बलाजु , मनमैजु लोलाङ तथा  ललितपुरको  हात्तिबनमा समेत चोरी गरि लगेको भन्ने खुल्न आएकोले उक्त चोरी घटनाहरुको  सम्बन्धमा समेत थप आवश्यक अनुसन्धान कार्य महाशाखाबाट भईरहेको प्रहरीले जनाएको छ ।

असार २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस