ओलीले मन्त्री र सचिवलाई कार्यालयमै बोलाएर भने- सडकको स्तरोन्नति गर्दै खाल्डाखुल्डी तत्काल पुर्नू

असार २७, २०७५

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका सडकको स्तरोन्नति र खाल्डाखुल्डी पुर्ने काम तत्काल सक्न मन्त्रीसहित सम्बन्धित निकाय र अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, उक्त मन्त्रालयका सचिवलगायतलाई बुधवार सिंहदरबारस्थित आफ्नै कार्यालयमा बोलाएर प्रधानमन्त्री ओलीले सिन्डिकेट अन्त्यपछिको प्रक्रिया अघि बढाउन तथा कलंकी-नागढुंगा तथा बौद्ध-जोरपाटी लगायतका सडकको स्तरोन्नति तत्काल गर्न निर्देशन दिएका हुन् ।


जवाफमा मन्त्री महासेठले सिन्डिकेटको पुनरागमन कुनै पनि हालतमा नहुनेमा आश्वस्त पार्दै सडकको स्तरोन्नति र खाल्डाखुल्डी पुर्ने काम ५० दिनभित्र महसुस हुने गरी गर्ने बताएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस्, विज्ञप्तिको पूर्णपाठ :

असार २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस