×

NMB BANK
NIC ASIA

मालपोत तथा नापी कार्यालयका ७२ कर्मचारी निलिम्बत

असार २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ–कृषि, भूमि तथा सहकारीमन्त्री चक्रपाणि खनालले आफू कार्यभार सम्हालेयता मालपोत तथा नापी कार्यालयका ७२ कर्मचारीलाई निलम्बन गरिएको बताएका छन् । 

Muktinath Bank

आज कलंकीस्थित मालपोत कार्यालयको अनुगमनका क्रममा मन्त्री खनालले जनसरोकारका कार्यमा अनियमितता गरेका तत् कार्यालयका कर्मचारीलाई कानूनी प्रक्रिया पूरा गरेर दण्डित गरिने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भ्रष्टाचारको अखडाका रुपमा मालपोत र नापी कार्यालयको सर्वसाधरणमा नकारात्मक सन्देश गएको बताउँदै उनले त्यहाँबाट प्रवाह गरिने सम्पूर्ण सेवा तथा कार्यसम्पादनलाई सेवाग्राहीको सुविधा र सहजतासँग जोड्न कर्मचारीलाई निर्देशन दिए ।  


Advertisment
Nabil box
Kumari

सेवा लिन आएका सेवाग्राहीको गुनासो सुनेपछि मन्त्री खनालले कार्यालयमा विचौलियाको गतिविधिलाई न्यून गर्न सिसी क्यामेराको जडान गरी सेवा छिटो, चुस्त र प्रभावकारी ढंगले दिन र कार्यसम्पादनको व्यवस्थित अभिलेख राखी बैंकिङ प्रणालीबाट कारोवार गरेर कार्यालयलाई भ्रष्टाचारमुक्त बनाउन कर्मचारीसँग आग्रह गरे । 

Vianet communication
Laxmi Bank

सोही मन्त्रालयका राज्यमन्त्री रामकुमारी चौधरीले उक्त कार्यालयमा लेखापढी व्यवसायीमार्फत ल्याइने काम चाँडो हुने गरेको गुनासो आएकाले त्यसप्रति सजग भई न्यायिक ढंगले कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए । 

कार्यालय प्रमुख नवीनकिशोर अधिकारीले मन्त्रालयले जारी गरेको परिपत्रअनुसार कार्यसम्पादन भइरहेको जानकारी दिँदै कार्यालयलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x