×

NMB BANK
NIC ASIA

रेलमार्ग निर्माणमा भारतको प्राविधिक सहयोग लिइने

असार २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– भारतसँग सीमा जोडिएका पाँच वटा नाकालाई रेलमार्गले जोड्ने विषयमा नेपाल र भारतका रेल अधिकारीबीच भएको छलफलले प्राविधिक सहयोगको व्यवस्था गर्न दुवै देशका सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको छ । 

Muktinath Bank

छलफलका लागि भारतीय रेल अधिकारीको समूह आइतबार नेपाल आएको थियो । दुई दिनसम्म भएको छलफलमा जनकपुर–जयनगर ३५ किमी ब्रोडगेज रेलमार्ग यसै वर्ष कात्तिकमा पूरा हुने भएकाले प्राविधिक जाँच गरी पुसदेखि नै रेल सञ्चालन गर्ने विषयमा वार्ता भएको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटनगर, जनकपुर, वीरगञ्ज, नेपालगन्ज र भैरहवासम्म सामान ढुवानी गर्ने रेल ल्याउने विषयमा छलफल भएको थियो । छलफलमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका अधिकारीहरु सहभागी हुनुभएको थियो । नेपालसँग ब्रोडगेजमा रेल चलाएको अनुभव नभएकाले एक वर्ष भारतीय कम्पनीको रेल लिजमा चलाई नेपालीलाई प्राविधिक ज्ञान हुने गरी तालीम दिने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

विभागसँग रेल खरीदका लागि रु ५० करोड बजेट भए पनि प्रक्रिया पु¥याएर खरीद गर्दा एक वर्ष समय लाग्छ । त्यतिन्जेल लिजमा लिएर ३५ किमीमा रेल चलाउने विभागले जनाएको छ । यसका लागि छलफलका निष्कर्ष सरकारलाई दिई प्रक्रिया अघि बढ्ने उहाँको भनाइ छ । भारत सरकारको सहयोगमा कार्यान्वयन भइरहेको जनकपुर–जयनगर र जोगवनी–विराटनगर रेल आयोजनामा आइपरेका समस्याका बारेमा पनि बैठकमा छलफल भएकाले समाधानका लागि सहयोग पुग्ने विभागको भनाइ छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x