बस र ट्याङ्कर ठोक्किएर भएको दुर्घटनामा ११ को मृत्यु

असार २७, २०७५

तेहरान- इरानको पश्चिमी क्षेत्रमा बुधबार भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । 

इन्धन बोकेको ट्याङ्कर यात्रु बहाक बससँग ठोक्किएर दुर्घटना भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ । 


ADVERTISEMENT

इरानको केन्द्रीय राजधानी तेहरानदेखि ४०० किलोमिटर टाढा पर्ने सानान्दाजमा रातिको समयमा दुर्घटना भएको बताइएको छ । 

दुर्घटनामा परी बसका यात्रुसहित सात जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले घटनाका कारण त्यस क्षेत्र शोकमा परेको बताएका छन् । 

चालकहरूको लापर्वाहीका कारण इरानमा हुने गरेका दुर्घटनामा परी वर्षेनी हजारौँको मृत्यु हुने गरेको छ । 

असार २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस