२० तस्बिरमा हेर्नुहाेस् क्रोएशियाले इतिहास रचेको खेल

असार २८, २०७५

काठमाडौं–इङ्ग्ल्याण्डलाई २–१ ले  हराउँदै क्रोएशिया पहिलो पटक  विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ  । मस्कोस्थित लुज्नुकी रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा क्रोएशिलाले ऐतिहासिक जित दर्ता गराएको हो । 
निकै रोमाञ्चक खेलमा इङ्ग्ल्याण्डले पाचौं मिनेटमै गोल गर्दै अग्रता कायम गरेको थियो तर खेलको ६८ औं मिनेटमा क्रोएशियाले बराबरी गोल गर्न पुग्यो । त्यसपछि ९० मिनेटको समयमा कुनै गोल हुन नसकेपछि खेल अतिरिक्र समयमा धकेलिएको थियो । अतिरिक्त समयको १०९ औं मिनेटमा क्रोएशियाका मारियोले गोल गरेसँगै इङग्ल्याण्ड सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो । यसअघि इङ्ग्ल्याण्डको लागि खेलको पाँचौं मिनेटमा ट्रिपियरले गोल गरेका थिए भने ६८ औं मिनेटमा क्रोएशिका इभानले बराबरी गोल फर्काएका थिए । 
अब आइतबार क्रोएशियाले उपाधिका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । 


ADVERTISEMENT


 

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस