फ्रान्स र क्रोएसियाबीच हुने भयो फाइनल : यस्तो रह्यो दुवै टीमको सेमिफाइनल यात्रा

असार २८, २०७५

काठमाडौं – सेमिफाइनलमा आआफ्नो खेल जितेर फ्रान्स र क्रोएसिया रुसमा चलिरहेको फूटबल विश्वकपको फाइनलमा पुगेका छन् । 

मस्कोस्थित लुझनिकी स्टेडियममा आइतवार फाइनल प्रतिस्पर्धा हुनेछ । क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा पुगेको हो भने फ्रान्सले तेस्रोचोटि फाइनलमा स्थान बनाएको हो । 

फ्रान्स एकचोटि विश्वविजेता भइसकेको छ । सन् १९९८ मा आफ्नै गृहभूमिमा भएको विश्वकपको फाइनलमा ब्राजिललाई हराएर ऊ विश्वविजेता बनेको थियो । क्रोएसिया पनि त्यही विश्वकपमा सेमिफाइनलमा पुगेको र फ्रान्सले नै उसलाई हराएको थियो । 

तेस्रो र चौथो स्थानका लागि बेल्जियम र इंग्ल्यान्डको भिडन्त हुनेछ । 

क्रोएसियाले इंग्ल्यान्डलाई एक गोल पछि परेपनि दुई गोल फर्काएर जितेको हो । विश्वकपको सेमिफाइनलमा १८ चोटिमा जम्मा दोस्रोपटक मध्यान्तरसम्म अग्रता लिएको टोलीले हारको सामना गर्नुपरेको हो । यसअघि सन् १९९० मा इटालीले
अर्जेन्टिनाविरुद्ध अग्रता लिएपनि पेनाल्टी शूटआउटमा हारेको थियो । 

प्रतियोगिताको पहिलो सेमिफाइनल फ्रान्स र बेल्जियमबीच भएकोमा फ्रान्सले एक गोल गरेर खेल जितेको हो । 

एजेन्सी
 


ADVERTISEMENT

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार