युभेन्टसले रोनाल्डोमा धेरै पैसा खर्च गरेपछि मजदूरहरू आन्दोलित

असार २८, २०७५

काठमाडौं – इटालीको शीर्ष फूटबल क्लब युभेन्टसले सुपरस्टार फूटबलर क्रिस्टिायानो रोनाल्डोलाई किन्नका लागि लगभग १६ अर्ब रुपैयाँ खर्च गरेपछि इटालीको एक मजदूर युनियनले फिएट कम्पनीका मजदूर हडतालमा जाने घोषणा गरेको छ । 

खासमा युभेन्टस, फिएट क्राइस्लर अटोमोबाइल्स र सीएचएच इन्डस्ट्रियलको स्वामित्व एक होल्डिङ कम्पनी एक्सोरसँग छ र यसको नियन्त्रण एग्नेली परिवारमा छ । 

रोनाल्डोसँगको सम्झौता सार्वजनिक भएपछि मजदूर संगठन यूएसबीले एफसीएको मेल्फीस्थित प्लान्टका मजदूरहरू ३१ असारदेखि साउन १ सम्म हडतालमा जाने घोषणा ग–यो । कम्पनीले एक खेलाडी किन्नका लागि अर्बौं रुपैयाँ खर्च गरेको
तर उसका मजदूरहरूले लगातार आर्थिक समस्या सहनुपरेको युनियनले बताएको छ । 

उता स्पेनी ला लिगाका अध्यक्ष हाभिएर गोमेजले रोनाल्डोलाई बेचेपनि लीगको भविष्यका विषयमा कुनै चिन्ता नरहेको बताएका छन् । गोमेजले विगत केही वर्षयता यस्ता ट्रान्सफरले धेर फरक नपार्ने गरी लीगलाई बलियो बनाइएको जानकारी
दिए । ठूला खेलाडीका नामभन्दा लीग आफैं बलियो रहेको उनले बताए ।

एजेन्सी
 

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस