यी हजामको मेस्सी कटले पायो व्यापक चर्चा

असार २८, २०७५

काठमाडौं – फूटबलको ज्वरो संसारभरिका प्रशंसकलाई चर्को गरी आएको छ । यो खेलका लागि प्रशंसकको पागलपन विश्वकपका बेलामा झनै चर्किन्छ ।

अनि प्रशंसकहरू आफ्ना प्रिय खेलाडीप्रति श्रद्धा देखाउनका लागि नयाँ नयाँ तरिका खोजिरहेका हुन्छन् । 

साइबेरियाका एक हजामले यस्ता प्रशंसकका लागि राम्रो योजना ल्याएका छन् । उनले मानिसको कपाल काट्दा शिरमा विभिन्न आकृति बनाइदिन्छन् । 

विश्वकपलाई ध्यानमा राखेर यी हजामले प्रसिद्ध फूटबलरहरूको मुखाकृति टाउकोमा बनाइदिएका छन् । अर्जेन्टिना र पोर्चुगल प्रतियोगिताबाट नबाहिरुन्जेल लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको मुखाकृति धेरै मानिसले बनाए । 

यी हजामको नाम मारियो हवाला हो । उनी विगत नौ वर्षदेखि यस्तो काम गरिरहेका छन् । उनका अनुसार, शुरूमा उनले एक ग्राहकको टाउकोमा ठूलो माकुराको आकृति बनाइदिएका थिए । ग्राहकलाई उनले केही नयाँ गर्नका लागि
कन्भिन्स गराएका थिए । 

एजेन्सी
 


ADVERTISEMENT

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस