मृत्युमाथि नियन्त्रणका लागि नर्सले बिरामीको नसामा पार्थिन् कीटनाशक !

असार २८, २०७५

काठमाडौं – जापानमा एक महिलाको सनकका कारण २० जनाको ज्यान गएको छ । यी नर्स महिला आफ्नो शिफ्टमा कुनै पनि रोगीको मृत्यु देख्न चाहँदिनथिइन् । 

मृत्युलाई नियन्त्रणमा लिनका लागि उनी रोगीहरूको ड्रिपमा कीटनाशक झोल मिसाउँथिन् । 

एकतीस वर्षीया अयुमी कुबोकीलाई शनिवार ८८ वर्षीय एक रोगीको हत्या आरोपमा पक्राउ गरियो । यो हत्या सन् २०१६ मा टोकियोस्थित एक अस्पतालमा गरिएको थियो । 

त्यसपछि यी महिलाले काम गर्नै छोडिदिएकी थिइन् । उनले आफैं प्रहरीलाई सम्भवतः २० मानिसको हत्या गरिसकेको बताइन् । 

कुनै पनि रोगीसँग आफ्नो शत्रुता नरहेको उनले कबुलिन् । तर आफ्नो शिफ्टमा रोगीहरू मरेको देख्न नचाहेकाले ड्रिपमार्फत मृत्युलाई नियन्त्रित गरेको उनी बताउँछिन् । उनले एक रोगीका नातेदारलाई आफ्नो शिफ्टमा मृत्यु हुँदा अत्यन्तै दुःख लाग्ने गरेको बताएकी थिइन् । 

प्रहरीले अहिले दुईवटा घटनामा अनुसन्धान गरिरहेको छ । प्रहरीले अस्पतालमा विषालु रसायन भेट्यो जसको प्रयोग ड्रिपमा हालेर नसामा पु–याइन्छ । दुई रोगीको शरीरमा यो रसायन पाइएको थियो ।

एजेन्सी
 

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस