काठमाडौं – चीनका मानवअधिकार कार्यकर्ता लियु शियाबाओकी पत्नी लियु शियालाई चीनमा आठ वर्षसम्म नजरबन्द राखिएपछि रिहा गरिएको छ ।
उनी अहिले जर्मनी पुगेकी छन् ।
लियु सियाबाओलाई सन् २०१० मा नोबेल शान्ति पुरस्कार दिइँदा उनकी पत्नी ५७ वर्षीया कवयित्रीलाई नजरबन्दमा राखिएको थियो । उनीमाथि कुनै पनि गतिविधि गर्न मनाही थियो र अनेकौं कठोर प्रतिबन्ध लगाइएको थियो ।
चीनबाट बाहिर जाने अनुमति पाएपछि लियु बर्लिन पुगिन् । जर्मनीकी नोबेल पुरस्कार विजेता हर्टा मुलरसहित अनेकौैं मानिस विमानस्थलमा उनको स्वागतका लागि उपस्थित थिए । उनी विमानबाट उत्रनेबित्तिकै मानिसले उनको नाममा नारा लगाए ।
तर लियु तत्कालै एउटा कालो गाडीमा चढेर कुनै टिप्पणी नगरी त्यहाँबाट गइन् ।
लियुका पति शियाबाओ सन् १९८९ मा भएको तियानानमेनमा भएको प्रदर्शनमा अग्रपंक्तिमा थिए । राष्ट्रविरोधी कारवाही गरेको आरोपमा ११ वर्षको कारागार सजाय काटिरहेका शियाबाओको अघिल्लो वर्ष क्यान्सरका कारण निधन भएको
थियो ।
एजेन्सी
थप समाचार
- ट्रम्पले नोबेल शान्ति पुरस्कारका लागि आफूलाई मनोनयन गरेको आवेको दावी
- पुलवामा रोकिएन आक्रमण, फेरि मारिए मेजरसिहत सेनाका चार जवान
- मेक्सिको पर्खाल विवादमा अमेरिकी राज्यहरूले हाले ट्रम्पविरुद्ध मुद्दा
- ‘यसकारण भारतीय युवामा असन्तुष्टि बढ्दो’
- भारतीय सुरक्षाबलले मारे पुलवामा आक्रमणका योजनाकार गाजीलाई
- माल्दिभ्सका प्रभावशाली नेता अब्दुल्ला यमिनलाई पक्राउ गर्न आदेश
प्रतिक्रिया दिनुहोस