काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।
राष्ट्रिय परिचयपत्र नहुँदा सरकारी सेवा प्रवाहमा प्रभावकारिता नआउने भएकाले यस्तो परिचयपत्र चाँडो जारी गरी अपराधरहित समाज निर्माणमा लाग्न प्रधानमन्त्री ओलीले गृह मन्त्रालयलाई निर्देशन दिएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेटको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि विभिन्न मन्त्री र सचिवहरुको प्रस्तुतिकरणपछि बुधबार राति उनले सो निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बिहीवार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
बुधबार उनले कृषिमा आधुनिकीकरण, अग्र्यानिक उत्पादन, जलविद्युत आयोजनाको शीघ्र कार्यान्वयन, बजार अनुगमन र महंगी नियन्त्रण, क्षमताअनुसारको रोजगारी र स्वरोजगारी सिर्जना आदि क्षेत्रमा प्राथमिकता दिन पनि निर्देशन दिएका थिए ।
कार्यक्रममा २१ वटै मन्त्रालयका सचिवहरुले मन्त्रालयगत कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए ।
थप समाचार
- सरकारबाहिर कांग्रेसको १ वर्ष : छायाँ सरकार छायाँमै सीमित !
- सरकारको दाबी विशिष्ट श्रेणी, प्रतिपक्षको नजरमा ‘जस्ट पास’ !
- कांग्रेसप्रति ओलीको टिप्पणी– दिशा छुट्याउन नसक्ने कम्पास र ढुङ्गो उस्तै !
- लोक सेवामा बाहुन-क्षेत्रीलाई पनि आरक्षण छुट्टाउन सत्तारुढ सांसदको माग
- सम्बोधनमा गीत भन्दा चिप्लिएछन् ओली, कांग्रेसले औंल्यायो गम्भीर गल्ती
- प्रदेश २ मा नेकपाभित्र किचलो : लेखा समिति सभापतिका बागी उम्मेदवारको समिति नै हेरफेर !
प्रतिक्रिया दिनुहोस