दुर्घटनामा ६ जनाको मृत्यु

असार २८, २०७५

काठमाडौं– छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । सिरहाको धनगढीमाई नगरपालिका–११ छप्रारीस्थित सडकमा आज दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । 

छप्रारीस्थित सडकमा स ४ प ४३७५ र ज ७ प १४१२ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा स ४ प ४३७५ नंको मोटरसाइकलमा सवार ३७ वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 


ADVERTISEMENT

दुर्घटनामा दुवै मोटरसाइकलमा सवार चारजना घाइते भएको र तीमध्ये गम्भीर घाइते चौधरीलाई उपचारका लागि लहानतर्फ ल्याउने क्रममा उहाँको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घाइते तीनजनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ विसनपुर चोकमा आज ना ५ ख ४८१७ नंको बसले बा ७० प ८०९२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरीको शम्भुनाथ नगरपालिका–२ निवासी ३५ वर्षीय रुपेश चौधरीको मृत्यु भएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते चौधरीको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यता सिन्धुपाल्चोकको  पाँचपोखरी थाङ्पाल गाउँपालिका–४, सल्लेडाँडामा लु १ ख ९९९ नंंको बोलेरो जीप केहीबेरअघि दुर्घटना हुँदा दुई महिलासहित तीनजनाको मृत्यु भएको छ । 

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनामा नौजना घाइते भएको र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि मेलम्चीतर्फ ल्याउँदै गरेको र घटनास्थलतर्फ अहिले प्रहरी टोली पठाइएको इलाका प्रहरी कार्यालय, मेलम्चीले जनाएको छ । 

पाँचपोखरी थाङ्पाल गाउँपालिका तिपेनीबाट सोही गाउँपालिकाको मानेखर्कतर्फ जाँदै गरेको उक्त बोलेरो जीपमा १५ जना सवार रहेको बताइएको छ ।
 यस्तै  पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ बिसनपुर चोकमा बसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२ बस्ने ३५ वर्षीय रुपेश चौधरीको मृत्यु भएको छ । 
 

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस