विमानमा चीन पुगे रुपसी र भद्र !

असार २९, २०७५

काठमाडौँ-विश्वमै दुर्लभ मानिने एक सिँगे गैडाको एक जोडी बिहीवार चीन पठाइएको छ । चीनबाट आएको विशेष विमान‘युनिट अफ कार्गाे एअरलाइन्स’बाटभद्र र रुपसी नाम दिइएका गैंडा चीन पठाइएको हो ।
गैंडा बोकेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४ः५० मा चीनका लागि उडेको थियो । करिब पाँच घण्टाको उडानपछि ती गैँडा चीनको गोन्जाओ पुगेका छन् । गैंडालाई गोन्जाओकै च्याम्बुलुङ सफारी पार्कमा राखिने छ । 
करिब पाँच घण्टाको उडानका लागि गैँडालाई चाहिने खाना, पानी जहाजमै व्यवस्था गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट डार्ट गरेरचीन पु¥याउन्जेलसम्म लाग्ने करिब तीन करोडरुपैयाँचीन सरकारले व्यहोरेको छ ।
भाले गैँडाको नाम ‘भद्र’ राखिएको छ भने पोथी गैँडाको नाम ‘रुपसी’ राखिएको छ । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 


ADVERTISEMENT

असार २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस