सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा ५ को मृत्यु, ८ जना घाइते

असार २९, २०७५

काठमाडौं–सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-४ सल्ले डाँडामा  बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । यस्तै  ८ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा पाँचपोखरी थाङपाल गाउँपालिका-३ की २५ वर्षीया सुनमाया तामाङ,५३ वर्षीया नानी तामाङ,५६ वर्षीया पोदोम तामाङ,६० वर्षीया जयरानी तामाङ र ६५ वर्षीय भिम बहादुर तामाङ रहेका छन् । ३ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । 


दुर्घटनामा घाइते भएका आठै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीबाट थप उपचारको लागी शिक्षण अस्पताल महाराजगंज काठमाडौ पठाइएको  छ । बिहिबार बेलुकी सवाँ ८ बजे मेलम्ची मानेखर्क सडकखण्डकको सल्लेडाँडामा लु १ ख ९९९ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर सडकबाट करिब ४ सय मीटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

असार २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार