सडकको भित्ता धेरै काटेर टेवा पर्खाल नलगाउँदा नुवाकाेटकाे भैरवी मन्दिर जोखिममा

असार २९, २०७५

नुवाकोट- अविरल वर्षाका कारण यहाँको प्रसिद्ध भैरवी मन्दिर र वरपरको बस्ती जोखिममा परेको छ । 

विदुर नगरपालिका–२, नुवाकोटस्थित पृथ्वीनारायण शाहकालीन भैरवी मन्दिर आसपासका क्षेत्रमा गए रातिको पानीले गएको पहिराको कारण सम्पदा र मानव बस्ती जोखिममा परेको हो । विदुर –२ धारापानी क्षेत्रमा बस्ती र नजिकै रहेको भैरवी मन्दिर र मन्दिरका पुजारी धामी हरिमानसिंह डंगोलको निवास क्षेत्रसमेत जोखिममा परेको नुवाकोट सम्पदा समाजका अध्यक्ष पुष्कर शर्मा रिमालले जानकारी दिए । 


ADVERTISEMENT

विदुर–नुवाकोट–चोकदे सडकको स्तरोन्नतिका क्रममा सडकको भित्ता धेरै काटेर टेवा पर्खाल नलगाइएको कारण पहिरो गएर बस्ती र सम्पदा जोखिममा परेको हो । “

प्रहरीका अनुसार १४ घर पूर्णरुपमा जोखिममा परेको छ । प्रहरीले स्थलगत अध्ययनपछि जोखिममा परेकाहरुको विवरण सार्वजनिक गरेको हो । चौध घरलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी थालिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । 

असार २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस