बाजुरामा ४ रिक्टरस्केलको भूकम्प

असार २९, २०७५

बाजुरा –बाजुरामा आज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको छ । 

भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरे । भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए । रासस

असार २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार