ट्रम्पले भने – पुटिन शत्रु होइनन्, प्रतिस्पर्धी हुन्

असार २९, २०७५

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शत्रुका रूपमा नभई प्रतिद्वन्द्वीका रूपमा हेर्ने गरेको बताएका छन् । 

ट्रम्पले पुटिनलाई भेट्नुअघि यसो भनेका हुन् । नाटो शिखर सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीहरू प्रतिद्वन्द्वी हौं । उनी रुसको प्रतिनिधित्व गर्दैछन्, म अमेरिकाको ।’

यसअघि ट्रम्पले जर्मनी रुसको बन्दी भएको आरोप लगाएका थिए । जर्मनीले रुससँग पाइपलाइन सम्झौता गरेर टन्न पैसा कमाइरहेको अनि अमेरिकाले चाहिँ जर्मनीको सुरक्षा गरिदिनुपरेको ट्रम्पको भनाइ छ । 

नाटो सम्मेलनमा ट्रम्प र जर्मनीकी चान्सलर अंगेला मर्कलका बीच तीखो शाब्दिक द्वन्द्व भयो । ट्रम्पले जर्मनीविरुद्ध टिप्पणी गरेपछि मर्कलले जर्मनीलाई आफ्नो नीति तय गर्ने अधिकार रहेको बताएकी छन् ।

एजेन्सी
 


असार २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार