×

NMB BANK
NIC ASIA

विश्वविजेता टीमकै गोलकीपरले प्रायः जित्छन् गोल्डेन ग्लोभ्स

असार २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – फूटबल विश्वकप आइतवार फ्रान्स र क्रोएसियाबीचको फाइनलसँगै समाप्त हुन लागेको छ । विश्वकपमा अनेकौं कीर्तिमान तोडिए तर केही कुरा चाहिँ बदलिएनन् ।

गोल्डेन बूटका प्रबल दाबेदार ह्यारी केनको टीम इंग्ल्यान्ड सेमिफाइनलबाटै बाहिरियो । बीस विश्वकपमा पाँचचोटि मात्र सबभन्दा बढी गोल गर्ने फूटबलरको टीम च्याम्पियन बनेको छ । 

गोल्डेन बलको दौडमा क्रोएसियाका लुका मोड्रिच र फ्रान्सका किलियन एम्बाप्पे छन् । 

गोलकीपरहरूमा चाहिँ फ्रान्सका ह्युगो लोरिस र क्रोएसियाका डेनियल सुबासिच गोल्डेन ग्लोभ्सका दाबेदार छन् । दशवटा विश्वविजेता टोलीका खेलाडीले मात्र गोल्डेन ग्लोभ्स जितेका छन् ।

पछिल्ला पाँच विश्वकपमा विजेता टोलीका खेलाडीले गोल्डेन बल पाएका छैनन् । तीमध्ये चारचोटि फाइनलमा अनि एकचोटि सेमिफाइनलमा गोल्डेन बल विजेता हारेको छ । 

अन्तिमपटक सन् १९९४ मा ब्राजिलका रोमारियोले यो पुरस्कार पाएका थिए र उनको टीमले फाइनल जितेको थियो । 

उता पछिल्ला पाँच विश्वकपमा गोल्डेन ग्लोभ्स पाउने खेलाडीको टोली विश्वविजेता बनेको छ । सन् २००२ मा जर्मनीका ओलिभर कानले गोल्डेन ग्लोभ्स पाएपनि उनको टोली फाइनलमा हारेको थियो । 

सन् २००२ मा रोनाल्डोले आठ गोल गरेर गोल्डेन बूट जित्दा उनको टोली ब्राजिल विश्वविजेता बनेको थियो । त्यसपछि गोल्डेन बूट पाउने खेलाडीहरूको टोली च्याम्पियन बन्न सकेनन् । 

विश्वकपमा बेस्ट प्लेयर अवार्डलाई सन् १९८२ देखि गोल्डेन बल भन्न थालियो । सबभन्दा उत्कृष्ट गोलकीपरलाई सन् १९९४ देखि अवार्ड दिन थालिएको हो । त्यसको नाम यासिन अवार्ड थियो तर सन् २०१० देखि गोल्डेन ग्लोभ्स भन्न थालियो ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x