×

NMB BANK
NIC ASIA

दिउँसोमा नचल्दा अन्त्य होला टिप्परको दादागिरी ? प्रहरीलाई नै मुख छाड्छन् चालक [भिडियोसहित]

असार २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – काठमाडौंको जडिबुटी चोकमा मंगलबार दिउँसो टिप्परको ठक्करबाट १८ वर्षीय रोयल सुवेदीको मृत्यु भयो । यो चोकमा असार महिना मात्र टिप्परले तीन जनाको ज्यान लिइसकेको छ ।

Sagarmatha Cement
Muktinath Bank

टिप्पर आतंकले देशभरीमा दैनिकजसो औसत २ जनाको ज्यान जाने गरेको बताइन्छ । सानो उमेरका चालकले सवारी साधान चलाउनु पनि दुर्घटनाको प्रमुख कारण भएको बताउँछन् जडिबुटी चोकमा ड्यूटीमा खटिएका ट्राफिक प्रहरी कृष्णप्रसाद चापागाईंं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बाइकहरू पनि जथाभावी चलाउँछन्, लाइसेन्स पाएपछि सबैथोक पाएजस्तो गर्छन्, टिप्परको पनि उस्तै पारा छ, सानो उमेरका चालक हुन्छन्, उनीहरूमा आफ्नो ज्यानको माया पनि हुँदैन र अरुको पनि ।’


Advertisment
Nabil box
Kumari

कतिपय टिप्पर चालकले त कागजपत्र पनि नबोक्ने र उल्टै आफूहरूलाई धम्क्याउने गरेको उनको भनाइ छ ।

Vianet communication
Laxmi Bank

जडिबुटी चोकमा दिउँसो १२/०१ बजेको समयमा एकमिनेट उभिने हो भने कम्तिमा ८ देखि १० वटा टिपरहरू गुडेको देख्न पाइन्छ ।

हामी आधाघण्टा त्यहाँ बस्दा ट्राफिकसँग चालकको पाखुरा जुधाइ र झगडा पनि देखियो । ट्राफिक नियम नमान्दै लेन अनुशासन मिच्नेहरू पनि भेटिए ।

अझै एउटा पिकअप भ्यानका चालकले त ट्राफिक प्रहरीलाई अपशब्द बोल्दै गाली समेत गरे ।

कम होला त दादागिरी ?

सरकारले अब बिहान र दिउँसोको समयमा राजधानीमा टिप्पर चलाउन नदिने निर्णय गरेको छ । गृहमन्त्रालयको निर्णयअनुसार साउन १ गतेदेखि राति ८ बजेबाट बिहान ५ बजेसम्म राजधानीमा टिप्पर चलाउन पाइने छ ।

टिप्परका कारण दुर्घटना बढिरहेका बेला गृहले यस्तो निर्णय गरेको हो । दिउँसोमा टिप्पर चलाउन रोक लगाएसँगै राजधानीमा यसका कारण हुने दुर्घटनामा कमी आउने विश्वास गरिएको छ ।

भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x