बाढीको भोलिपल्ट भक्तपुरमा जे देखियो– कतै डस्ना सुकाउँदै, कतै हिलो सोहोर्दै (फोटो/भिडियो)

असार २९, २०७५

भक्तपुर – बुधवार रातिदेखि परेको अविरल वर्षाले विहीवार राजधानीको भक्तपुर अस्तव्यस्त बन्यो । 

भक्तपुरको हनुमन्ते, खसाङखुसुङ खोलामा आएको वर्षाले भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, सुर्यविनायक नगरपालिका, मध्यपुरठिमी नगरपालिका नदी आसपासका अधिकाँश स्थानमा डुवानमा परेहका थिए । 


ADVERTISEMENT

बाढीले कतिपय बस्ती डुबानमा पारे भने पहिरोका कारण भक्तपुरमा तीन जनाले ज्यान समेत गुमाए । 

बाढीका कारण घर, टहरा, पशुपक्षी र चौपाया बगाइएको मात्र हैन हजारौं बासिन्दाको बिचल्लीमा परेका परेका थिए ।

आज (शुक्रबार, बाढीको दोस्रो दिन) भक्तपुर पुग्दा बाढी पीडितहरु हिलो पखाल्ने, भिजेका लत्ताकपडा र सामानहरु बाहिर सुकाइरहेका थिए । 

डेरा भाडा लिएर बस्ने मानिसहरु आफूबसिरहेको घर र कोठा डुवानमा परेपछि डेरा सर्न थालेको समेत देखियो । 

नगरकोट, बागेश्वरी, छालिङ्ग, ताथली र काभ्रेको बनेपादेखि बगेर आएको पानीको एक मात्र निकासका रुपमा रहेको हनुमन्ते खोलामा बाढी उर्लिएपछि बस्ती डुबानमा परेको थियो ।

केही तस्वीर-


 

असार २९, २०७५ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार