×

NMB BANK
NIC ASIA

मुख्य समाचार : संघ र प्रदेशमा रहने कर्मचारीको संख्या टुङ्गियो, सर्वाेच्चले सरकारको निर्णय झिकायाे

असार ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–  सरकारले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको हो । 

Muktinath Bank

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार संघमा ४५ हजार ८१५ र प्रदेशमा १६ हजार ५७० कर्मचारी रहनेछन् । संघ र प्रदेशको दरबन्दीलाई मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गराएर लागू गरिने प्रवक्ता अधिकारीले बताए ।
 
प्रदेश नं १ मा दुई हजार ८०८, प्रदेश नंं २ मा  दुई हजार ३४३, प्रदेश नं ३ मा दुई हजार ६७३, प्रदेश नं ४ मा दुई हजार २४७, प्रदेश नंं ५ मा दुई हजार ५९७, कर्णाली प्रदेशमा एक हजार ८४२ र प्रदेश नंं ७ मा दुई हजार ६० कर्मचारीको दरबन्दी रहने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले करीब एक लाख १७ हजार दरबन्दीमा करीब एक लाख छ हजार मात्र कर्मचारी कार्यरत छन् । 


Advertisment
Nabil box
Kumari

सरकारको निर्णय झिकाउने आदेश
सर्वोच्च अदालतले माइतीघर मण्डलालगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय झिकाउने आदेश जारी गरेको छ ।

Vianet communication
Laxmi Bank

न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले माइतीघर मण्डलालगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा गर्ने गृहमन्त्रालयको निर्णय झिकाउने आदेश जारी गरेको हो ।

सरकारले केही स्थानमा निषेधाज्ञा जारी गरेर अभिव्यक्ति स्वतन्त्रतामाथि रोक लगाएको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको रिट निवेदनमाथिको सुनुवाइपछि यही असार २२ गते न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरी शुक्रबार लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो । दुवै पक्षको छलफलपछि अदाललते सरकारले गरेको निर्णय झिकाउने आदेश जारी गरेको हो ।

निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
सर्वोच्च अदालतले अघिल्लो सरकारले राजनीतिक नियुक्ति दिइएका चार जनालाई हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
 
न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले सो आदेश जारी गरेको हो । गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडेल, एकीकृत वाग्मती विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत र घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नवीनकुमार झालाई हटाउने निर्णयका कार्यान्वयन नगर्न आदेशमा भनिएको छ । 

बन्द हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द हड्ताल नगर्न निर्देशन दिएको छ ।

जुम्लामा अनसनरत डा गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै चिकित्सक संघको नेतृत्वमा आन्दोलनका कार्यक्रम हुन थालेपछि मन्त्रालयले निर्देशनात्मक पत्र पठाउँदै वर्षाको मौसम भएकाले प्राकृतिक प्रकोप, बाढी, पहिरो र सरुवा रोगको संक्रमणले प्रभावित गर्ने भएकाले देशभरका स्वास्थ्य संस्थाका कर्मचारीलाई नियमित कामकाजमा रहन तथा अनुमतिबिना बिदा नबस्न निर्देशन दिइएको हो ।

गंगामायाले तोडिन् अनशन
छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारवाहीको माग गर्दै अनशनरत गोरखाको फुजेलकी गंगामाया अधिकारीले शुक्रबार अनशन तोडेकी छन् ।

कानूनमन्त्री शेरबहादुर तामाङले गंगामायाको अनशन तोडाएका हुन् । कानूनमन्त्री तामाङले छोराको हत्यामा संलग्नलाई कारवाही गर्ने र परिवारका सदस्यको जीविकोपार्जन लगायतका माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि गंगामाया अनशन तोड्न राजी भएकी हुन् । उनी काठमाडौंको वीर अस्पतालमा पछिल्लो पटक जेठ महिनादेखि अनशनरत थिइन् ।

१० दिनभित्र माग पूरा नभए फेरि अनशन बस्ने गंगामायाले चेतावनी दिएकी छिन् । 

संसद्लाई कसैको स्वार्थ पूरा गर्न प्रयोग गर्नुहुँदैनः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चासोका विषयमा बहस गर्ने थलो संघीय संसद्लाई कोही मान्छेको स्वार्थ पूरा गर्ने गरी प्रयोग गर्न नहुने बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३ नं प्रदेशका सांसदहरूसँगको शुक्रबार भएको भेटमा प्रधानमन्त्री ओलीले एउटा निहुँ झिकेर दुईजना सांसद ठिंग उभिँदा संसद्का सबै गतिविधि अवरुद्ध हुनुहुँदैन भन्नुभयो । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले झिनामसिना कुरा झिकेर संसद्को कारबाही अवरुद्ध गर्न नहुने भन्दै प्रधानमन्त्री ओलीले दुईचारजना मानिसले गलत नियतले संसद् रोक्दैमा अब नरोकिने बताउनुभयो । 

खोला आसपासका बासिन्दा सतर्क रहन मौसम विभागको आग्रह
जल तथा मौसम विज्ञान विभागले बूढानीलकण्ठ आसपासमा ठूलो वर्षा भइरहेको र विष्णुमती नदीमा समेत बहाव बढ्ने सम्भावना भएको भन्दै खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । 

विभागका अनुसार काठमाडौँको धोवीखोला, बागमती, सालिनदी, मनोहरा लगायतका नदीक्षेत्रमा आकस्मिक बाढी आउने सम्भावना रहेको छ । 

विभागका अनुसार काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा ठूलो वर्षा शुरु भएको छ भने शिवपुरी, सुन्दरीजल, साँखु लगायतको क्षेत्रमा समेत वर्षा शुरु भएको छ ।

प्रदेश नं ७ः प्रदेशको आकस्मिक कोषसम्बन्धी कार्यविधि स्वीकृत 
प्रदेश नं ७ को शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको आकस्मिक कोष सञ्चालनसम्बन्धी कार्यविधिलाई स्वीकृत गरेको छ ।

प्रदेशको लेखा नियन्त्रण कार्यालयको नाममा यो कोषको खाता सञ्चालन हुनेछ । प्रदेश आकस्मिक कोषको व्यवस्थाबाट प्राकृतिक र गैरप्राकृतिक विपद्का घटनामा पीडितलाई राहत लगायतका सामग्रीको व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ ।

सरकारले शुरु गर्यो परिचयपत्र बितरण 
सरकारले गरिब घरपरिवारलाई वितरण गर्ने तीन प्रकारका परिचयपत्र बितरण गर्न शुरु गरेको छ । गरिबी घरपरिवार परिचय पत्र बोर्डले गरिबलाई अति, मध्यम र सामान्य गरिब गरी तीन तहमा विभाजन गरेको थियो । 

बोर्डको सिफारिस अनुसार नै सरकारले तीन रंगको परिचय पत्र तयार गरी पहिलो पटक कपिलबस्तुबाट वितरण गर्न शुरु गरेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले २५ जिल्लाका मानव सूचकांकमा कम भएका जिल्लाबाट परिचयपत्र वितरण शुरु गरेको हो । 

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ
जेल सजायँको फैसला सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ परेका छन् । बेलायतबाट शुक्रबार साँझ स्वदेश फर्किएका उनलाई लाहोर विमानस्थलबाट नियन्त्रणमा लिइएको पाकिस्नाती सञ्चारमाध्यमहरुले जनाएका छन् । 

उनको छोरी मर्यामलाई पनि सँगै पक्राउ गरिएको छ । पक्राउ परेका दुबै जनालाई इस्लामावाद लगिएको छ भने पासपोर्ट पनि जफत गरिएको छ । 

एक हप्ता पहिले पाकिस्तानी अदालतबाट दश बर्षको जेल सजायँको फैसला भएकाले पक्राउ पर्ने खतरा हुँदाहुँदै पनि शरीफ जेल जान तयार भएर स्वदेश फर्किएका हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x