×

NMB BANK
NIC ASIA

चीनको सुन्दरता : फूलको राजधानी कुनमिङ्गबाट नेपालले पनि पाठ सिक्ने कि ?

असार ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – (कुन्मिंग, युनान, चीनबाट फर्केर) – चीनको युनान प्रान्तको राजधानी कुनमिङ्ग शहरलाई फूलको शहर (सिटी अफ फ्लावर) भनिन्छ । त्यसको छनक त कुनमिङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बित्तिकै पाइन्छ ।

Muktinath Bank

विमानस्थलमा फूलको सुन्दर पेंटिङ्गले नै त्यसको झल्को दिन्छ भने बाटोमा आउने बित्तिकै सडकबीच डिभाइडरको रूपमा रहेको दुवैतर्फ हरियो रुखहरू र फूलहरू फूलेको बिरुवाले झन् शहरलाई अत्यन्तै आकर्षक र मनमोहक बनाउँछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सफा र सुन्दर शहरको रूपमा विश्वमै आफ्नो पहिचान बनाउन सफल कुनमिङ्गको दौनानमा त अन्तर्राष्ट्रिय फूल औद्योगिक पार्क नै निर्माण गरिएको छ । जहाँ करीब २ हजार व्यापारीले फूल बेच्ने काम गर्छन् । ५ बिलियन युनानको लगानीमा विभिन्न ३ चरणमा निर्माण गरिएको पार्कमा मुख्यतया फूलकै व्यापार गरिन्छ ।


Advertisment
Nabil box
Kumari

पार्कभित्र विभिन्न ८० प्रजातिका फूलको उत्पादन गर्ने उद्योग नै स्थापना गरिएको छ । जसमा ९ वटा ठूला र अन्य मझौला तथा साना उद्योगीले विभिन्न सांस्कृतिक फूलहरू उत्पादन गर्ने गर्छन् ।

Vianet communication
Laxmi Bank

दौनानको पार्क चीनकै प्रमुख ४ फूल उत्पादन गर्ने स्थलमध्ये १ हो । ३० वर्षभन्दा बढी समय लगाएर निर्माण गरिएको पार्कबाट उत्पादन गरिएका फूलले चीनकै करीब ७० प्रतिशत बजारलाई धानेको छ । पार्कले दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका करीब ५० वटा देशमा फूल निर्यात गर्छ ।

पछिल्ला २० वर्षदेखि फूलको व्यापार चीनमा सबैभन्दा बढी परिणाम र मूल्यको ब्यापार बनेको छ । दौनान ताजा फूल काटेर बिक्री गर्ने रूपमा चीनमा मात्रै नभएर दक्षिण एसिया र दक्षिण पूर्र्वी एसियाका विभिन्न मुलुकमा पनि प्रथम स्थान बनाउन सफल भएको छ ।

सन् २०१७ मा करीब ८ बिलियन ताजा विरुवाको फूल काटेर बिक्री गरिएको थियो । त्यस वर्ष पार्कबाट व्यापारीले करीब ६ दशमलव ४ बिलियन युनान आम्दानी गरेका थिए भने करीब १ सय १४ मिलियन युनान चीन सरकारलाई राजस्व प्राप्त भएको थियो । सन् २०१६ को तुलनामा ८ दशमलव २६ प्रतिशतले बिक्री परिणाममा वृद्धि भएको थियो भने १५ दशमलव ४९ प्रतिशतको दरले रकममा वृद्धि भएको थियो ।

त्यहाँ २ हजार व्यापारी प्रत्यक्ष रूपमा फूलको व्यापार गरिरहेका छन् भने १० हजार व्यक्तिले फूल बिक्रेताको काम पाएका छन् । फूलको अन्तर्राष्ट्रिय बजार बढेपछि कुनमिङ्ग शहरमा मात्रै १० वटा ठूल्ठूला फूल प्याकिङ्ग गर्ने केन्द्रहरू खुलेका छन् । विश्वकै सबैभन्दा बढी ताजा फूल काटेर बिक्री गर्ने केन्द्रको रूपमा स्थान बनाउन सफल भएको कुन्मिङ्गमा लाखौं पर्यटक आउने गर्छन् । 

नेपाल एउटा कृषि प्रधान देश भनिएपनि व्यवहारिक रुपमा हुन सकेको छैन । कृषि उपजले गर्दा नेपालकै उत्तरी छिमेकी मुलुक चीनले आर्थिक विकास र रोजगारी सिर्जना गरेको तथ्य अनुकरण गरेर नेपालको आर्थिक समृद्धिको सपनालाई साकार गर्न सक्छ ।

नेपालको तराई मधेशका समथर भूमिमा फूल खेति गर्न सक्यो भने किसानले प्रत्यक्ष रोजगारी र आम्दानी गर्न सक्ने छन् । प्रचूर सम्भावनाका क्षेत्रको सदुपयोग हालसम्म हुन सकेको छैन । देश संघीयतामा गइसकेपछि प्रदेश सरकारले पनि त्यस्तो नीति ल्याएर प्रदेशलाई समृद्ध बनाउन सक्छ । जसबाट देशलाई पनि आर्थिक समृद्धिको बाटोमा डोर्याउन ठूलो योगदान हुन सक्छ ।

युनान पनि चीनको एउटा प्रदेश नै हो । त्यो प्रदेशले सफलता हात पार्न सक्छ भने नेपालको २, १ नम्बर र अन्य प्रदेशले किन नसक्ने ?

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x