×

NMB BANK
NIC ASIA

साउन १ गतेदेखि घरमै बसिबसि शेयर कारोबार गर्न सकिने

असार ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

–रमेश लम्साल 

Sagarmatha Cement
Muktinath Bank

काठमाडौँ– तपाई शेयर कारोबार गर्नुहुन्छ ? काठमाडौँको धुलो र सवारी चापमा फसेर शेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तपाई अब घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजरुपमा नै कारोबार गर्न सकिने भएको छ । 


Advertisment
Nabil box
Kumari

सरकारले आगामी साउन १ गते अर्थात आगामी मंगलबारदेखि स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) लागू गर्ने भएको छ । 

Vianet communication
Laxmi Bank

शेयर कारोबारलाई थप व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउने उद्देश्यका साथ सो प्रणाली लागू गर्न लागिएको हो । सो प्रणाली लागू भएपछि अनलाइन कारोबारका लागि कारोबारकर्ताले पहिलो पटक शेयर दलाल कहाँ पुगेर ‘युजरनेम’ र ‘पासवर्ड’ भने लिनुपर्नेछ । त्यसपछि तपाईले घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजैरुपमा शेयर खरिद वा बिक्री गर्न सक्नुहुन्छ । 

नेपाल धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ आगामी साउन १ गतेदेखि लागू गर्ने भएको छ । लगानीकर्ताको मागबमोजिम नै उक्त सेवा शुरु गरिएको बोर्डले जनाएको छ । 

धितोपत्रसम्बन्धी ऐन, २०६३ को नियम १२ बमोजिम बजारले धितोपत्रको खरिद तथा बिक्री कारोबार सञ्चालनका लागि स्थापना गरेको स्वचालित विद्युतीय कारोबार प्रणाली नेपाल स्टक एक्सचेञ्ज र शेयर दलाल कम्पनीले जडान गर्नुपर्नेछ । 

बोर्डका प्रवक्ता निरज गिरीले घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजरुपमा शेयर खरिद बिक्रीका लागि मार्ग प्रशस्त भएको र स्टकले सञ्चालनमा ल्याउन सक्ने अवस्था आएको जानकारी दिए 

“कानूनीरुपमा नै अनलाइन कारोबार सञ्चालनका लागि व्यवस्था भएको छ । त्यसलाई थप व्यवस्थित गरेर कारोबार गर्न मार्ग प्रशस्त भएको छ”, प्रवक्ता गिरीले भने । 

नेपाल स्टक एक्सचेञ्जले पनि अनलाइन कारोबारका लागि आवश्यक प्रणालीको विकास गरिसकेको जनाएको छ । 

स्टकले विद्युतीय कारोबारका लागि सञ्चालनमा ल्याउन लागेको सफ्टवेयरको परीक्षण भने बाँकी छ । सो सफ्टवेयरमा हुने खराबी तथा अन्य समस्याका बारेमा कारोबार शुरु भएपछि मात्रै जानकारी प्राप्त हुनेछ । 

शेयर कारोबारकर्ताले शेयर दलाल कम्पनीले आवश्यक व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्ने नियमावलीमा व्यवस्था छ । 

स्टकका प्रवक्ता मुरहरि पराजुलीले साउन १ गतेदेखि नै लगानीकर्ताले विद्युतीय कारोबारका गर्न सक्ने जानकारी दिए । उनले त्यसका लागि नेप्सेले आवश्यक तयारी गरिसकेको र शेयर दलाल कम्पनीलाई पनि आवश्यक निर्देशन दिइसकिएको बताए । 

धितोपत्र खरिद वा बिक्री गर्न चाहेमा सोको लागि धितोपत्र दलाललाई आदेश दिनुपर्ने, आदेश दिनको पहिचान स्पष्ट खुल्ने व्यवस्था, कारोबार गर्न चाहेका संगठित संस्था, धितोपत्रको किसिम, परिमाण, मूल्य र समय, धितोपत्र खरिद वा बिक्री केका लागि आदेश दिएको हो सो कुरासमेत प्रष्ट हुनुपर्ने नियमावलीमा व्यवस्था छ । 

धितोपत्र दलालले ग्राहकको आदेश प्राप्त गरेरमात्र धितोपत्रको कारोबार गर्नुपर्ने, विद्युतीय माध्यमबाट समेत आदेश प्राप्त गर्ने, ग्राहक पहिचान विवरण (केवाइसी), धितोपत्रको मूल्य, संख्यालगायत आदेशसँग सम्बन्धित अन्य पक्षको स्पष्ट व्यवस्था गर्नुपर्ने नियमावलीले व्यवस्था गरेको छ । 

धितोपत्रको सूचीकरणपश्चात् पहिलो कारोबारको मूल्य र त्यसपछि हुने कारोबार मूल्यबीचको अन्तर, अघिल्लो दिनको बजार बन्द हुँदा कायम रहेको मूल्य र अर्को दिन शुरु कारोबार मूल्यबीचको अन्तर र लगातार ६० दिनसम्म कारोबार नभएका धितोपत्रको पुनः कारोबार हुँदा शुरु हुने मूल्यको भने ‘मूल्य परिवर्तन सीमा’का आधारमा व्यवस्था गरिनेछ । 

यस्तै बजारले अग्रिम सूचना प्रकाशन गरी धितोपत्रका लागि कारोबार हुने न्यूनतम तथा अधिकतम संख्यासमेत तोक्न सक्ने नियमावलीमा व्यवस्था छ । 

यस्तै धितोपत्रको कारोबार गर्दा वा गराउँदा बैंकमार्फत रकम लिने दिने व्यवस्था, खाताबाट खातामा भुक्तानी हुने व्यवस्था र धितोपत्र दलालले कारोबारका लागि प्रयोग गर्ने खाता कारोबारसँग सम्बन्धित प्रयोजनबाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्थासमेत गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x