×

NMB BANK
NIC ASIA

सुर्खेत-कर्णाली प्रदेशका विभिन्न जिल्लामा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायले पहिलो पटक स्थायी परिचयपत्र पाएका छन् ।

Muktinath Bank

 दैलेखको गुराँस गाउँपालिकाले उनीहरुलाई आज शनिबार स्थायी परिचयपत्र वितरण गरेको हो । उक्त परिचयपत्र वितरण गर्न सामाजिक सेवा केन्द्र सोसेकलेसमेत सहयोग गरेको थियो । राउटे समुदायले स्थायी परिचयपत्र पाएपछि अब सोही परिचयपत्रका आधारमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर गाँउपालिकाले स्थायी परिचयपत्र वितरण गरेतापनि राउटेहरुले भने लिन अन्कनाई रहेका थिए । महामुखिया महिन बहादुर शाहीले आफूहरुलाई भत्ता भन्दा पनि खाद्यान्न आवश्यक रहेको बताए । उनले स्थायी परिचयपत्रले मात्रै आफूहरुको समस्या समाधान नहुने भन्दै बरु आफूहरुका जनता भोकै रहेको बताउँदै आफूहरुलाई सोही सहयोग गर्नुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

स्थायी परिचयपत्रमा नाम, थर, जन्म मिति, ठेगाना, बुवा, आमाको नाम र पति, पत्नीको नाम उल्लेख गरिएको छ । ‘राउटे समुदायलाई राष्ट्रिय मूलधारमा ल्याउन, सामाजिक सुरक्षा भत्तामा एकरुपता ल्याउन, नेपाली नागरिकका रुपमा स्थापित गर्नका लागि स्थायी परिचयपत्र वितरण गरेका हौं’ गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले भने, ‘यसका साथै अध्ययन, अनुसन्धान, संरक्षण र सहयोगलाई एकद्धार प्रर्णालीमार्फत सञ्चालन गर्नका लागि दुई जना कर्मचारी पनि नियुक्त गरेका छौं ।’ 

Vianet communication
Laxmi Bank

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्माले जंगलमा फिरन्ते जीवन विताउँदै आएको समुदायलाई राज्यको मूलधारमा ल्याउन परिचयपत्रले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले फिरन्ते जाती राउटेको आफ्नै मौलिकता रहेको बताउँदै सोही मौलिकतालाई प्रवृद्धन गर्दै अघि बढन सके पर्यटकीय गन्तब्यको रुपमा राउटेका बस्तिहरु बनाउन सकिने बताईन\ । उनका अनुसार राउटे जातीको उत्थानका लागि मन्त्रालयले बजेटको व्यवस्तथापन गरिसकेको छ ।

शनिबार गुराँस गाउँपालिका–८ स्थित पातलेखोलामा बस्दै आएका राउटे समुदायलाई बस्तीमै पुगेर परिचयपत्र वितरण गरिएको थियो । राउटे समूदायमा ४२ घरधुरी रहेकोमा गाउँपालिकाको तथ्यांक अनुसार १४९ जनसंख्या रहेको छ ।  

पहिले काठमा विभिन्न भाँडाहरु बनाएर जीविको पार्जन गर्ने राउटे समूदाय अहिले विस्तारै आधुनिकतातिर प्रवेश गर्न  थालेको छ । राउटे समूदायले अहिले आधुनिकताका नाममा मदिरा, चुरोट, सुर्तीको माग गर्ने गरेका छन् ।

स्थानीय राकेश शर्माका अनुसार राउटे अहिले कुलतमा फसिसकेका छन\ । उनLहरु विहानै मदिरामा झुम्म परेर बजारमा डुल्ने गरेका छन् । राउटे युवाहरुले आफ्ना पुर्खाहरुले सिकेको सीपलाई पनि विर्सदै गएकाले उनीहरुको कला र सीप समेत समाप्त हुने क्रममा रहेको उनको भनाई छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x